निर्णय नं. ११२९६ - अपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२९६ - अपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/०५/१९ ९८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।५।१९ मुद्दाः- अपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी ०७४-CR-१३१८ पुनरावेदक / प्रतिवादी : जिल्ला अर्घाखाँची साबिक ढाकाबाङ्ग गा.वि.स. वडा नं.८ हाल भूमिकास्थान नगरपालिका, वडा नं.२ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको गोविन्दबहादुर थापाको छोरा विनोद थापासमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला अर्घाखाँची बस्ने अर्घाखाँची ४८(डी) (परिवर्तित नाम, थर, वतन) को जाहेरीले नेपाल सरकार ०७७-CR-०५९७ पुनरावेदक / वादी : परिवर्तित नाम अर्घाखाँची ४८(डी) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : गोविन्दबहादुर थापाको छोरा, अर्घाखाँची जिल्ला, साबिक ढाकाबाङ्ग गा.वि.स. वडा नं.८ (हाल ऐ. भूमिकास्थान नगरपालिका, वडा नं.२) बस्ने विनोद थापासमेत कुनै महिलाले सामूहिक करणी गर्न सहमति दिन्छ भन्नु महिलाको अस्मिता मात्र होइन मानवीय सभ्यता, चेतना, सामाजिक शिष्टता एवं न्यायपूर्ण समाजको परिकल्पना विरूद्धको कुरा हो । यस्तो तर्क र जिकिरमा फौजदारी न्याय प्रणाली आधारित गराउन नमिल्ने । न्याय अभियुक्तले मात्र होइन पीडित र समाजले समेत पाउनुपर्ने । समय र परिस्थितिले गालेको, असंरक्षित पीडित यसको अपवादमा पर्न नहुने । झुठ्ठा र फरेवी कुराको चेपमा परी न्यायले हार्नु नहुने । अदालतले समाजमा रहेको अशिक्षा, पछौटेपन र गरिबीसमेतका तत्त्वले न्यायलाई प्रभावित पार्न सक्छ भन्ने हेक्का राखी न्याय निरूपण गर्नुपर्ने । तर्करहित र बनावटी कुरा गरी सहमति थियो भन्यो भने न्याय स्खलित हुन पुग्ने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री चुडामणी भुषाल र श्री अर्जुन कुमार बास्कोटा अवलम्बित नजिर : ने.का.प.२०५७, नि.नं.६९४९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.न्यायाधीश श्री केशवप्रसाद बास्तोला अर्घाखाँची जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाशीश श्री रमेश पोखरेल माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७४ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड मिति २०७३।०७।२५ गते मेरो छोराको उपचार गराई बेलुका सन्धिखर्कबाट घर फर्किने क्रममा फुदवाङ्ग रिसोर्ट नजिकैको मोटरबाटोबाट पैदल हिँड्दै गएको अवस्थामा सेतो कारमा आएका चार जना मानिसहरूले मलाई जबरजस्ती कारमा राखी मेरो मोबाइलसमेत निजहरूले नै खोसी सन्धिखर्क नगरपालिका वडा नं. ६ स्थित राताटारी भन्ने स्थानको तोरीबारीमा लगी पालै पालो जबरजस्ती करणी गरी झोल औषधी जस्तो खुवाएर सोही गाडीमा सन्धिखर्क बजारको होटलमा ल्याई निजहरूमध्ये १ जना रातभरि होटलको कोठामा बसी करणी गरेको र आजै बिहान निज सुतिरहेको अवस्थामा निजको बिस्तारामा मेरो मोबाइल देखी उक्त मोबाइल लिई त्यहाँबाट भागी उजुरी गर्न आएको हुँ भन्ने परिवर्तित नाम अर्घाखाँची ४८(डि) को हुलिया जाहेरी । जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं.६ राताटारी स्थित जिल्ला अस्पतालको स्वामि