निर्णय नं. ११२९७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२९७ - अंश चलन भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/११/१६ १३२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।११।१६ मुद्दाः- अंश चलन ०७२-CI-१४२३ पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१ नक्साल घर ब्लक नं.९३ नारायणचौर मार्ग बस्ने गौतममान शाक्यको श्रीमती अलबेला शाक्यसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१ नक्साल घर ब्लक नं.९३ नारायणचौर मार्ग बस्ने धर्मवीरका नाति कालुमान तथा कयदेवीको छोरा गौतममान शाक्य ०७३-CI-१३६६ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१ नक्साल घर ब्लक नं.९३ नारायणचौर मार्ग बस्ने धर्मवीरका नाति कालुमान तथा कयदेवीको छोरा गौतममान शाक्य विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१ नक्साल घर ब्लक नं.९३ नारायणचौर मार्ग बस्ने गौतममान शाक्यको श्रीमती अलबेला शाक्यसमेत जग्गा निजी आर्जनको हो भनी वादीले जिकिर लिएको भए तापनि यिनलाई बकसपत्र गरिदिने व्यक्तिहरू वादीको नजिकको नाताभित्रको भएको नदेखिने । बकसपत्र दिने अलग अलग उनाउ व्यक्तिहरूलाई कसरी वादीले खुसी पार्नुभयो र यति धेरै जग्गा आफूखुस गर्न पाउने गरी बकसपत्र गर्नुभयो भन्ने तथ्य र प्रमाण फिरादबाट नखुल्ने । बकसपत्र पाएकै आधारमा सगोलमा रहँदा कुनै अंशियारले प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री तिर्थ बसौला पुनरावदेक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिश्चन्द्र सुवेदी अवलम्बित नजिर : ने.का.प. २०७५, अङ्क ६, नि.नं.१००३५ ने.का.प. २०७६, अङ्क ३, नि.नं.१०२१७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री सीताप्रसाद पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री शिवनारायण यादव मा. न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या. कुमार रेग्मी : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ: तथ्य खण्ड म र विपक्षी गौतममान शाक्यबिच सामाजिक तथा जातीय परम्पराअनुसार विवाह भई ३ छोरीहरू र १ छोरा अवलोकमान शाक्यको जन्म भई छोरीहरूको विवाह दान भइसकेको हुनाले प्रस्तुत मुद्दामा ३ अंशियारहरू रहेको अवस्था छ । छोरीहरू मात्र जन्माएको आरोपमा पतिबाट बारम्बार मार्ने प्रयास गरेकोमा मेरो ६ पटक गर्भपतन गराएको छ । मेरो जिउ र धनको असुरक्षा भएकोले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरीसमेत दिई कारबाहीसमेत चलाएको छु । पतिले पत्नीलाई गर्नुपर्ने व्यवहार नगर्ने, खान लाउन नदिई कुटपिट गर्ने गरेउपर घरेलु हिंसा मुद्दा दायर गरी एक लाख रूपैयाँ क्षतिपूर्ति पाउने र तीन हजार रूपैयाँ जरिवाना हुने ठहरी फैसला भएकोमा सोउपर मैले पुनरावेदन गरेको छैन । विपक्षीको अत्याचार र अन्यायमा परी अंशमा फिराद गर्न आएको छु । अतः अंशबन्डा गर्नुपर्ने चल अचल सम्पत्ति विपक्षीकै जिम्मामा रहेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अवलोकमान शाक्यको विवाह खर्च पर सारी ३ भाग गरी सो ३ भागको २ भाग हामी फिरादीलाई अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्ने बेहोराको वादी अलबेला शाक्य र अवलोकमा