निर्णय नं. ११२९८ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२९८ - जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०४/२९ ९१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७९।०४।२९ मुद्दा : जबरजस्ती करणी ०७४-CR-१३०४ पुनरावेदक / प्रतिवादी : राधेश्याम चमारको छोरा जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय, बर्दिया थुनामा रहेको कृष्ण चमार विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तन नाम सङ्केत नं. ६६ मैनापोखरको जाहेरीले नेपाल सरकार ०७४-CR-०१५६ पुनरावेदक / वादी : परिवर्तित नाम सङ्केत नं.६६ मैनापोखर (ग) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने कृष्ण चमार पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सकले परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोरा अन्यथा हुने गरी अदालतको बकपत्रमा व्यक्त गरेको, निजको भनाइको आधारमा प्रतिवेदन तयार भएको र अदालतमा बकपत्र हुँदाको समयको अन्तराललाई सापेक्षतामा हेर्दा विश्वास गर्नु उचित नहुने । समयको अन्तरालमा व्यक्तिको भनाइमा सामान्य फरक देखिनु अस्वाभाविक नहुने । मुख्यतः मिसिल संलग्न सङ्कलित प्रत्यक्ष वा वस्तुगत प्रमाण कसुर पुष्टि गर्ने आधार बन्ने । तथ्यगत प्रमाणबाट वारदात पुष्टि भएको अवस्थामा व्यक्तिको भनाइलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्नु स्वाभाविक नहुने । (प्रकरण नं. ४) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ९, नि.नं. ८४६६ ने.का.प. २०६३, अङ्क ४, नि.नं. ७६८२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री लोकजङ्ग शाह बर्दिया जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री शेषराज सिवाकोटी मा. न्या. श्री रमेशप्रसाद राजभण्डारी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या. टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई वादी नेपाल सरकार र प्रतिवादी कृष्ण चमारसमेतको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७१।१०।१३ गते दिनको १६:०० बजेको समयमा म निवेदकको घरमा कोही नभएको अवस्थामा जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने राधेश्याम चमारको छोरा कृष्ण चमार मेरो घरमा आई जबरजस्ती करणी गर्ने मनसाय बनाई वर्ष ४ की नाबालिका छोरीको कपडा खोलिरहेको अवस्थामा मेरी छोरी रोइकराइ चिच्याउँदा मेरी श्रीमतीले थाहा पाई घरमा आउँदा निज तत्काल भागी दौडी गएको र छोरीको कपडामा फोहर लागेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने सङ्केत नं.६६ परिवर्तित नाम मैनापोखर “ग” ले इलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियामा दिएको निवेदन । मिति २०७१।१०।१३ गते साँझ १६:०० बजेको समयमा सङ्केत नं.६६ परिवर्तित नाम मैनापोखर “ख” लाई निजकै घरको मूल ढोकाको नजिकै पछाडिपट्टिको पालीको अँध्यारो उत्तरतर्फको कुनामा जिल्ला बर्दिया मैनापोखर गा.वि.स. वडा नं.७ बस्ने वर्ष १७ को कृष्ण चमारले जबरजस्ती करणी गर्न खोजेको भनी देखाइएको घटनास्थल मुचुल्का । सङ्केत नं. ६६ मैनापोखर “ग”को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बर्दिया, मैनापोखर गा.वि.स. वडा नं. ७ बस्ने वर्ष १७ को कृष्ण चमार भएको जबरजस्ती करणी मुद्दामा उल्लिखित प्रतिवादी कृष्ण चमारलाई पक्राउ गर्न भनी यस कार्याल