निर्णय नं. ११३०२ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३०२ - बन्दीप्रत्यक्षीकरण भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०२/११ १०५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा । श्री कुमार चुडाल आदेश मिति : २०७९।०२।११ ०७८-WH-०१९८ विषयः बन्दीप्रत्यक्षीकरण निवेदिका : नाबालक छोरी मेहेर गोयलको हकमा ३ लुथ्रा फर्म्स्, रजोकारी, कपशेर, साउथ वेष्ट, दिल्ली, ईन्डिया स्थायी बसोबास रही हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं । २६ स्थित होटेल कृष्ण काठमाडौंमा बस्दै आएको कनिका गोयल विरूद्ध विपक्षी : ३६० ए रन्दोल्फ स्त्रीत्, उनित २८०५ शिकागो, इल्लिनोइ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं । १, कान्तिपथ स्थित अमेरिकन सेन्टरमा बस्दै आएका करण गोयल (कारण गोएल्) समेत प्राकृतिक रूपमै जैविक आमाजति नजिक आत्मीय सम्बन्ध नाबालिग बच्चाको लागि अरू कोही हुन नसक्ने । कानून र कानूनी सम्बन्धले मात्र बच्चाको हित नहुने । कानूनी अधिकार र दायित्वले मात्र बच्चाको आमासँगको नजिकको सम्बन्ध तोड्न र आमासँगको माया विस्थापित गर्न नसक्ने । आमा र बच्चाको आत्मीय सम्बन्धको संरक्षण गरी मानवीय र मातृत्व दृष्टिकोणबाट आमाको जैविक संरक्षकत्वको विषयमा समेत बालअधिकारसम्बन्धी महासन्धिअन्तर्गत बालकको सर्वोत्तम हितको आधारबाट अदालत निष्कर्षमा पुग्नुपर्ने । अर्कोतर्फ प्रस्तुत विवादको विषय जुदिकिअल्ली म्यानेज गर्नुपर्ने भए पनि जुदिकिअल्ली रेस्टरैन पनि राख्नुपर्ने हुँदा कानून र न्याय दुवैको रोहमा हेर्नुपर्ने । (प्रकरण नं ।२३) विपक्षीले आफ्नो छोरीलाई नेपालमा ल्याई नेपाललाई ट्रान्जिट देशको रूपमा प्रयोग गरेको देखिएको र विपक्षीहरूबाट नेपाल आफ्नो मुलुकमा जाने बाटो मात्र बनाइएको, बच्चा भारतीय नागरिक नरहेको, बच्चालाई बाबुले नेपाल प्रवेश गराई तत्कालै अमेरिकन दूतावासमा उपस्थित गराई पासपोर्टसमेत प्राप्त गरी निजको प्रवेशलाई वैधानिकता प्रदान गरी बसेको देखिएको र अमेरिकन दूतावासबाट यात्राको सहजीकरणको निमित्त जारी गरिएको यात्रा दस्ताबेज (ट्रवेल दोकुमेन्ट) मा उल्लिखित निषेधित सर्त प्रतिकूल हुने गरी अन्य देशमा जान बाध्य गर्न सक्ने अवस्थासमेत नदेखिने । (प्रकरण नं ।२७) नाबालक बच्चालाई अदालतमा उपस्थित गराई भेट गरी छलफल गराउने क्रममा आमा बुबा दुवैसँग हुँदा छुट्टै बसी भेट्दासमेत बच्चाले आमासँग बस्दाको सहजता र बच्चालाई बाबु-आमा दुवैजना चाहिन्छ, आफ्नो बुबा भारतमा जान सुरक्षित छैन भन्ने जस्ता बालिकाको अभिव्यक्ति र आमालाई भेट्दा आमा र बच्चाबिच भएको मातृत्व, आत्मीयता र मनोदशापूर्ण अभिव्यक्तिलाई यो इजलासले अनदेखा गर्न नमिल्ने । (प्रकरण नं ।२९) निवेदकाका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री सतिषकृष्ण खरेल र श्री पूर्णमान शाक्य तथा विद्वान् अधिवक्ताहरू श्री रक्षा बस्याल, श्री प्रकृत श्रेष्ठ, श्री राजु शाक्य, श्री अपेक्षा कोइराला, श्री डिचेन गुरूङ र श्री निखिल विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री सुशिल पन्त र श्री गोपाल कृष्ण घिमिरे तथा विद्वान् अधिवक्ताहरू श्री सुनिल पोखरेल, श्री आशिष अधिकारी, श्री राजेन्द्रप्रसाद सेढाई, श्री अपूर्व खतिवडा, श्री मो । अफ्ताब आलम र श्री सरोज सिलवाल अवलम्बित नजिर : ने ।का ।प । २०६७ नि ।नं । ८३९३ ने ।का ।प ।२०७०, नि ।नं ।८९७९ ने ।का ।प । २०७५ नि ।नं । १००७४ ने ।का ।प । २०७६ नि ।नं । १०३९१ सम्बद्ध कानून : मु