निर्णय नं. ११३०३ - फैसला बदर हक कायम दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३०३ - फैसला बदर हक कायम दर्ता भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/०१/१३ ७४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।१।१३ ०७६-CI-०५९१ मुद्दाः- फैसला बदर हक कायम दर्ता पुनरावेदक / वादी : केशरबहादुर रायमाझीको छोरी जिल्ला मकवानपुर साबिक दामन गा.वि.स. वडा नं. ४ हाल थाहा नगरपालिका वडा नं. ७ बस्ने मथुरा रायमाझी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : लक्ष्मण रायमाझीको श्रीमती जिल्ला मकवानपुर साबिक दामन गा.वि.स. वडा नं. ४ हाल थाहा नगरपालिका वडा नं. ७ बस्ने दिपा रायमाझी मुद्दामा डिसमिस मिलापत्र खारेज आदि गराउन स्वाभाविक रूपमा दुई पक्ष आवश्यक पर्ने । एक पक्ष मात्र भएमा मुद्दा सिर्जना हुने अवस्था नै नहुने । मुद्दा मिलापत्र वा फैसलालगायतका परिणाम स्वरूप तेस्रो पक्षको हकमा असर पर्न गएमा दुवै पक्षउपर नालेस गर्नुपर्ने । झगडीया भन्‍ने शब्दले मुद्दाका दुवै पक्षलाई इङ्गित गरेको देखिने । कुनै व्यक्तिलाई प्रतिवादी बनाउने वा नबनाउने वादीको अधिकारको कुरा भए तापनि फैसला वा मिलापत्रको परिणामस्वरूप दुवै पक्षको हक अधिकार निर्धारण भएकोमा सोही फैसला वा मिलापत्रको परिणाम एक पक्षको हकमा मात्र कायम रहने अर्को पक्षको हकमा कायम नरहने गर्नु न्याय र तर्कसङ्गत नहुने । मिलापत्र बदरको नालेस दायर गर्दा वादी प्रतिवादी दुवै पक्षलाई प्रतिवादी बनाई दायर गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री श्याम प्रसाद पाण्डे, श्री राम नारायण विडारी, श्री विनय स्थापित एवं विद्वान्‌ अधिवक्ताहरू श्री विराज थापा, श्री आर्या श्रेष्ठ र श्री मुकुन्द न्यौपाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान्‌ अधिवक्ता श्री उज्जल घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री खडानन्द तिवारी मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी माननीय न्यायाधीश श्री बाल मुकुन्द दवाडी उच्च अदालत पाटन, हेटौंडा इजलास फैसला न्या.नहकुल सुवेदी : उच्च अदालत पाटन, हेटौंडा इजलासबाट मिति २०७६।९।१३ मा भएको फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मूल पुरूष कुविर सिं का ५ छोरामा जेठा भक्तबहादुर, माहिला कर्णबहादुर, साहिँला हस्तबहादुर, काहिला भिमबहादुर र कान्छा विरबहादुर हुन् । कर्णबहादुरको छोरा केशरबहादुर, केशरबहादुरको छोरा लक्ष्मण, लक्ष्मणको कान्छी पत्‍नी विपक्षी हुन् भने जेठीपट्टिका छोराहरू नवराज र युवराज हुन् । हस्तबहादुरको छोरा केशरबहादुरको २ छोरीमा हरी माया र म मथुरा हुँ । यसरी विपक्षी दिपा कर्णबहादुरको छोरा केशरबहादुरको छोरा बुहारी हुन् भने म हस्तबहादुरको छोरा केशरबहादुरको छोरी हुँ । मैले जोत भोग गरी आएको हस्तबहादुरको छोरा केशरबहादुरको नाममा रहेको जि.मकवानपुर गा.वि.स. दामन (शिखरकोट) वडा नं. ४ हाल थाहा न.पा. वडा नं. ७ को कि.नं.२९९ को ज.वि. ३-१-१ -२ जग्गा २०७१ सालको CP-००६२ को अंश मुद्दामा जनाई विपक्षीले अंश पाउने गरी विपक्षी वादी र नवराजसमेत प्रतिवादी भएको अंश मुद्दाको फैसलाको बारेमा जानकारी पाउँदा मैले विपक्षी तथा नवराज र युवराजलाई