निर्णय नं. ११३०४ - उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३०४ - उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/०३/२० ११५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०८०।३।२० ०७९-WO-०३७७ मुद्दा: उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ । निवेदक : बागमती प्रदेश दोलखा जिल्लामा दर्ता भई (चलानी नं. ५३९।०५१।५२) ले स्वीकृति प्रदान, जिल्ला शिक्षा कार्यालय दोलखा) सहरे गा.वि.स. वडा नं.४ को परिवर्तित तामाकोशी गा.पा. वडा नं. ५ किर्ने बेसी स्थित खिम्ती प्रोजेक्ट स्कुल-१ र ऐ.ऐ. को विद्यालय व्यवस्थापक गोरखा जिल्ला, अश्राङ वडा नं.६ को परिवर्तित भिमसेन थापा गा.पा. वडा नं. ६ घर भई हाल तामाकोशी गा.पा. वडा नं. ५ किर्ने बेसी बस्ने श्री श्याम प्रसाद भट्ट-१ समेत दुई जनाको तर्फबाट अख्तियारी प्राप्‍त गरी आफ्नो हकमा समेत ऐ.ऐ. का प्रिन्सिपल गण्डकी प्रदेश गोरखा जिल्ला, आपपिपल वडा नं. ६ को परिवर्तित पालुनटार न.पा. वडा नं. २ घर भई हाल तामाकोशी गा.पा. वडा नं. ५ किर्ने बेसी बस्ने श्री खिलाबहादुर नेपालीको वारेस काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा. वडा नं. २ बस्ने शिवराम भुर्तेल विरूद्ध विपक्षी : श्रम अदालत, अनामनगर, काठमाडौंसमेत शिक्षा नियमावलीमा सामुदायिक विद्यालयका शिक्षकको स्थायी, अस्थायी र करारमा हुने नियुक्ति, आचारसंहिता र सजायसम्बन्धी व्यवस्था रहेको र शिक्षा ऐन र नियमावलीमा भएका व्यवस्थाहरूले शिक्षक पेसामा गर्ने नियुक्ति र सजायबारेमा कानूनी व्यवस्था गरेको हुँदा सोको हकमा श्रम ऐन आकर्षित नहुने । (प्रकरण नं.९) शिक्षा ऐन विशेष ऐन हो । शिक्षक, शिक्षा ऐनको दायराभित्रको पेसा व्यवसाय हो । शिक्षकको सेवा शिक्षा ऐन तथा शिक्षक सेवा आयोग नियमावलीले नियमन गर्ने र सोमा प्रस्ट उल्लेख भएकोले शिक्षकलाई श्रम ऐनअन्तर्गतको श्रमिक मान्ने भनी तर्क गर्नु उचित नहुने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री विनय स्थापित र श्री सुरेन्द्र थापा तथा विद्वान्‌ अधिवक्ता श्री सीता भट्ट विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री भक्तिराम घिमिरे र श्री देवराज कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी (संहिता) ऐन, २०७४ श्रम ऐन, २०७४ करार ऐन, २०५६ शिक्षा ऐन, २०२८ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य र आदेश यस प्रकार छ:- संक्षिप्त तथ्य निवेदक स्कुल शिक्षा ऐनबमोजिम जिल्ला शिक्षा कार्यालय (हाल उक्त कार्यालय खारेज भई जिल्ला शिक्षा समन्वय समिति भएको) दोलखामा २०५० साल फागुन १ गते शिक्षा ऐनको दफा २ (घ३) ले परिभाषित संस्थागत विद्यालय, मिति २०५९देखि ऐ.ऐ. दफा २(ठ) अन्तर्गतको शैक्षिक गुठी (सार्वजनिक गुठी) अन्तर्गत सञ्‍चालनमा रहेको छ । ऐ.ऐ. को दफा २ (ङ) ले परिभाषित विद्यालयमा ऐ.ऐ. को दफा ११थ.बमोजिम व्यवस्थापन समितिले व्यवस्थापनको जिम्मा लिएको छ । ऐ.ऐ.को दफा १२ (४) बमोजिमको विद्यालय व्यवस्थापन समिति रहेको । उक्त समितिले ऐ.ऐ. को दफा १२(७) बमोजिमको काम कर्तव्य र अधिकारको अधीनमा रहेर आफ्नो कार्य सञ्‍चालन गर्दै आएको छ । स्कुल सञ्‍चालनको लागि शैक्षिक गुठी प्रस्तावना पत्र, गुठी विधान र स्कुल Manual, तथा शिक्षा नियमावलीको नियम २६ बमोजिमको समितिको काम, कर्तव्य र अधिकारको प्रयोग गरी स्कुलको सञ्‍चालन गर्दै आए