निर्णय नं. १५५९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५५९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३९/०४/१५ २९८३ निर्णय नं. १५५९ ने.का.प. २०३९ अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३८ सालको रिट नम्बर १३०५ आदेश भएको मिति : २०३९।५।१।३ मा निवेदक : भेरी अञ्चल वर्दिया जिल्ला मथुरा हरिद्वारा गा.पं.वार्ड नं.७ लक्ष्मणपुर बस्ने बगलामुखी निम्न माध्यमिक विद्यालय सुलरियाको, का.मु.प्र.अ. नारायण शर्मा विरुद्ध विपक्षी : का.मु.जिल्ला शिक्षा अधिकारी, जिल्ला शिक्षा शाखा बर्दिया, निमित्त प्रधानाध्यापक बगलामुखी निम्न माध्यामिक गुलरिया विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) निवेदकलाई जिल्ला कार्यालय शिक्षा शाखा वर्दियाले मिति ०३८।१।२२ गते देखि अवकाश दिँदा निवेदकलाई सफाई पेशगर्ने मौका दिएको र तत्सम्बन्धमा पर्चा गरेको पनि देखिएन। तसर्थ माथि व्यक्त गरिएको आधार समेतबाट निवेदकको जिकिर अनुसार संशोधित शिक्षा नियमावली, ०३६ को नियम ४७ (ख) को कार्यविधि पूरा नगरी निवेदकलाई मिति ०३८।१।१२ गते देखि जिल्ला कार्यालय शिक्षा शाखा वर्दियाको निर्णय र सो को आधारमा जि.शि.समिति समेतबाट भए गरेका कारवाही निर्णयहरु उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वद्रीप्रसाद शर्मा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर उल्लिखित मुद्दा :  आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी विपक्षी जिल्ला कार्यालय शिक्षा शाखाले गरेको २०३८।१।१७ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति २०३८।७।९।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन : निवेदक नारायण शर्मालाई विपक्षी शिक्षा शाखा वर्दियाबाट शिक्षा नियम, ०२८ को परिच्छेद २५ को धारा ७६ अनुसार शिक्षक आचारसंहिता पालन नगरेको र आफ्नो पद अनुसारको आचारण नगरेको, विदा नलिई गैर हाजिर भएको अभियोगमा शिक्षा ऐन, ०२८ को दफा १७ र शिक्षा नियमावली, २०२८ को परिच्छेद १० को धारा २८ उपधारा (२) (क) को अधिकार प्रयोग गरी शिक्षक पदबाट मिति ०३८।१।१७ गते अवकास दिने निर्णय भएको भाद्र १५ गते निवेदक शिक्षकले प्राप्त गरेको भन्ने उल्लेख भएको देखिन्छ । ३. निवेदक शिक्षक नारायण शर्मालाई सार्वजनिक सुरक्षा ऐन, २०१८ अन्तर्गत थुनाबाट छाडी दिएपछि निज शिक्षक विपक्षी विद्यालयमा अध्यापन गर्न जाँदा अधिकार नभएको काम कुरा गरेकोमा बाध्य भई कारवाई गर्नु पर्ने व्यहोराको जानकारी दिने भनी मिति ०३८।४।२२ को पत्र निवेदकले पाएको भन्ने उल्लेख भएको छ । ४. यसरी विपक्षी शिक्षा शाखा वर्दियाले गरेको २०३८।१।१७ को निर्णय र तत्सम्बन्धी सम्पूर्ण अवैध कारवाईहरु समेत उत्प्रेषणको आदेश जारी गरी वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी हक प्रचलन गराई पाउँ भनी निवेदकले रिट निवेदन दिएको रहेछ । ५. संक्षिप्त जिकिर यस प्रकार छन् : विपक्षी शिक्षा शाखा वर्दियाले मिति ०३८।१।१७ मा निर्णय गरी निवेदक शिक्षकलाई शिक्षा ऐन, २०२८ को दफा १७ र शिक्षा नियमावली, २०२८ को परिच्छेद १० को धारा २८ को उपधारा (२) (क) को अधिकार प्रयोग गरी अवकाश दिइएको भनी प्रयोग गर्नु भएको उक्त नियम २०३७।१२।२३ गते संशोधन भई विद्यालयका शिक्षक वा कर्मचारीलाई सजाय गर्ने सम्बन्धमा नसिहत दिने र तलब बृद्वि रोक्का गर्ने सजायको लागि विद्यालयको प्रधान अध्या