निर्णय नं. ११३०५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३०५ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०९/२८ ६५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।९।२८ ०७३-WO-०७६६ विषय : उत्प्रेषण निवेदक : नारायणबहादुर प्रधानको छोरा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २७ बस्ने मणिरामबहादुर प्रधान विरूद्ध विपक्षी : नेपाल ट्रष्टको कार्यालय, दरबारमार्ग, काठमाडौंसमेत विशिष्टीकृत कानूनको रूपमा रहेको नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४(ग) ले गरेको कानूनी व्यवस्थाबमोजिम भएको निर्णयलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ एवं नेपाल ट्रष्ट ऐनको दफा ३ विपरीत भएको मान्न नमिल्ने । (प्रकरण नं.५) मोहीको मृत्युपश्चात् निजको हकवाला एकभन्दा बढी भई हकवालामा विवाद भएमा जग्गावालाले पत्याएको व्यक्ति मोही हुन सक्ने भूमिसम्बन्धी ऐन, २०२१ को साबिक दफा २६(१) को कानूनी व्यवस्था हो । उक्त जग्गामा रहेको मोहीको हकवाला आफू पनि रहे भएको भनी कोही कसैको उजुरी गरेको वा तेस्रो व्यक्तिको उपस्थिति रहेको अवस्था नभएको, सो जग्गा राष्ट्रहितमा प्रयोग हुने देखिएको र विशिष्टीकृत कानूनी व्यवस्थासमेतको आधारमा भएको काम कारबाहीलाई सरोकारवालालाई नबुझी निर्णय भएकाले सो निर्णय बदर गरी सम्बन्धित सरोकारवालालाई बुझी मात्र निर्णय गर्नु भन्नु मनासिब नदेखिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने, विद्वान् अधिवक्ताद्वय श्री अनन्तराज लुइँटेल र श्री प्रतिभा उप्रेती विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ नेपाल ट्रष्ट ऐन, २०६४ भूमिसम्बन्धी ऐन, २०२१ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधान, २०७२ को धारा ४६ तथा धारा १३३(२),(३) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भनी दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- संक्षिप्त तथ्य म निवेदक मणिरामबहादुर प्रधानको नाममा काठमाडौं जिल्ला, कालीमाटी वडा नं. ३(क) कि.नं. ७३ को क्षेत्रफल ३-७-०-० जग्गाको मोही महलमा तत्कालीन श्री ५ अधिराजकुमार हिमालय वीरविक्रम शाह मोही कायम रहेकोमा निज कालगतिले पहिले नै परलोक भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम कानूनी हकदारसमेत नभएको र साबिक मोहीले पहिलेदेखि नै जग्गा कमाउन छाडेका हुँदा मोही लगतकट्टा गरिपाउँ भनी दिएको निवेदनबमोजिम भूमिसुधार कार्यालयले ऐनबमोजिम लगत कट्टा नगरी ढिलाई गरेको साथै गैरकानूनी रूपमा नेपाल ट्रष्टको कार्यालयको सञ्चालक समितिको अठ्तिसौं सञ्चालक बैठकले गैरकानूनी निर्णय गरी मेरो उक्त जग्गामा नेपाल ट्रष्टको कार्यालयलाई मोहियानी कायम गर्ने प्रयास गरिरहेकाले सो निर्णयका आधारमा विपक्षी मन्त्रिपरिषद्बाट समेत त्यसलाई अनुमोदन गरी मेरो हक अधिकारमा गम्भीर आघात पुर्याउने गैरकानूनी काम भएको प्रस्ट छ । विपक्षीमध्ये नेपाल ट्रष्ट कार्यालयको उक्त अठ्तिसौं सञ्चालक समितिको निर्णयबमोजिम मेरो नामको उक्त काठमाडौं जिल्ला, कालीमाटी वडा नं. ३(क) कि.नं. ७३ को क्षेत्रफल ३-७-०-० जग्गामा नेपाल ट्रष्टलाई मोही कायम गर्ने विषयको प्रस्ताव विपक्षी नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस भएकोमा विपक्षी नेपाल सरकार मन्त्रिपरिषद्ले समेत उक्त मेरो जग्गामा नेपाल ट्रष्ट कार्यालयलाई मोही कायम गर्ने प्रबल सम्भावना भएकोले उक्त सञ्चालक समितिको बैठकक