निर्णय नं. ११३०७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३०७ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०७/२३ ७७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा । श्री कुमार चुडाल फैसला मिति : २०७९।७।२३ ०७६-WO-०२३६ विषय:- उत्प्रेषण निवेदक : नेपाल टेलिभिजन कर्मचारी संघ, सिंहदरबार, काठमाडौंका आधिकारिक ट्रेड युनियनको अख्तियारप्राप्त अध्यक्ष गोपालप्रसाद दाहालसमेत विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंसमेत नेपालको संविधानको धारा २४३ को उपधारा (४) मा भएको "परामर्श" शब्दको स्वाभाविक र सान्दर्भिक अर्थपूर्ण, उद्देश्यमूलक र प्रभावकारी परामर्श भन्ने देखिने । कानून व्याख्याका सामान्य सिद्धान्तहरूसमेतले कुनै कानूनको व्याख्या गर्दा उक्त धारा २४३(४) वा धारा २४३(३) वा धारा २४३(६) मा वर्णित व्यवस्था फगत औपचारिकता (मेरे फोर्मलिती) नभई प्रभावकारी र परिणाममुखी हुनुपर्ने भन्ने देखिने । नेपाल टेलिभिजन संस्थानले सो संस्थानका कर्मचारीहरूको सेवा सर्त सुविधाको विनियमावली बनाउन लोक सेवा आयोगको परामर्श लिँदा लोक सेवा आयोगले निर्दिष्ट गरेको सन्दर्भहरूलाई तत् निकायले अवलम्बन गर्नुपर्ने । (प्रकरण नं ।८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सूर्यप्रसाद कोइराला, श्री शेरबहादुर के ।सी, श्री रमनकुमार श्रेष्ठ र विद्वान् अधिवक्ताहरू श्री गोपालप्रसाद अर्याल र श्री प्रपुसा के ।सी प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता दिनेश प्रसाद घिमिरे तथा विद्वान् अधिवक्ता श्री किशोर पौडेल अवलम्बित नजिर : ने ।का ।प ।२०२२, अङ्क १, नि ।नं ।२७९ ने ।का ।प ।२०३०, अङ्क १, नि ।नं ।७४२ सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या ।डा ।कुमार चुडाल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड हामी निवेदकहरू नेपाल टेलिभिजनमा स्थाई रूपमा कार्यरत कर्मचारी हौं । नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीको सहायक तथा अधिकृत स्तरको खुला प्रतियोगिताबाट हुने पदपूर्तिको लागि वाञ्छनीय योग्यता भएका हामी निवेदकलगायत अन्य कर्मचारीहरू छौं । नेपाल टेलिभिजन सञ्चार संस्थान ऐन, २०२८ को दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरी स्थापना एवं गठन भएको हो । सोही समितिबाट संस्थानको मानव संशाधन व्यवस्थापन गर्न ऐ । ऐनको दफा ३६ बमोजिम नेपाल टेलिभिजन संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०५५ (यसपछि "विनियमावली" भनिएको) बनाई लागु गरिएको छ । उपर्युक्त विनियमावलीमा संस्थानको सञ्चालक समितिबाट सातौं संशोधनको मस्यौदा गरी नेपालको संविधानको धारा २४३(४) बमोजिम लोक सेवा आयोगको परामर्श र सञ्चार संस्थान ऐन, २०२८ को दफा ३१ र ३६ (२) बमोजिम नेपाल सरकारको लागि स्वीकृतिको लागि पठाइएकोमा प्रत्यर्थी नं । १ देखि ३ सम्मका निकायहरूबाट उपर्युक्त मस्यौदामा व्यापक संशोधन गर्न लगाई सातौं संशोधन मिति २०७६।४।७ देखि लागु गरिएको छ । संस्थानको संशोधित विनियमावलीको विनियम १६(१) मा पदपूर्तिमा कार्यक्षमता मूल्याङ्कन र आन्तरिक प्रतियोगितामा न्यून प्रतिशत छुट्याइएको छ । संस्थानको विनियमावलीको विनियम २१(२) मा संस्थानका स्थायी कर्मचारी ५० वर्ष पूरा भएकोलाई खुला प्रतियोगितामा भाग लिन उमेरको बन्देज लगाइएको छ । साबिकको विनियम ५७क (१) मा भएको अनिवार्य अवकाश हुँदाका बखत २ तहदेखि ५ सम्म स्वतः बढुवासम्बन्