निर्णय नं. ११३०८ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३०८ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०८/०७ ११७० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०८०।८।७ ०७९-WF-०००९ विषय: उत्प्रेषणसमेत निवेदक : सर्लाही जिल्ला, साबिक लालबन्दी गा.वि.स. वडा नं. १ परिवर्तित लालबन्दी नगरपालिका, वडा नं. ७ घर भई हाल नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदमा नियुक्ति पाई अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालय, टंगालमा कार्यरत उषा पोखरेलसमेत विरूद्ध विपक्षी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत समावेशीको अर्थ प्रतिस्पर्धासँग सम्झौता होइन । कानूनबमोजिम नै फरक रहेका समावेशी र खुलाका बिचमा फरक परीक्षाबाट प्रतिस्पर्धा गराई फरक मितिमा सिफारिस गरी योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गर्नुलाई कर्मचारीको क्षमता, योग्यतासँग सम्झौता गरिएको अर्थमा बुझ्न नमिल्ने । (प्रकरण नं.१८) एउटै तह र पदको लागि समावेशी एवं खुलातर्फ सिट संख्या बाँडफाँट गरी एउटै परीक्षा लिई सिफारिस गरिएका व्यक्तिहरू एकमुष्ठ योग्यताक्रमको आधारमा ज्येष्ठ हुने नीतिगत मापदण्डलाई अझ स्पष्ट बनाई सोको व्यवस्थापन प्रभावकारी बनाई निजामती सेवालाई उत्साहित, न्यायिक, मर्यादापूर्ण, भेदभावरहित बनाउनुपर्ने । प्रचलित कानूनले योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गर्ने विधि प्रक्रिया तोकिदिएकोमा सो कानूनी व्यवस्था अन्यथा नभएसम्म सोहीबमोजिम नै योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गरिनुपर्ने । (प्रकरण नं.१९) फरक-फरक प्रश्नपत्रबाट फरक-फरक मितिमा परीक्षा भएकोमा एउटै पाठ्यक्रम रहेको आधारमा एउटै परीक्षा मानी एकमुष्ठ योग्यताक्रम प्रकाशन गर्नु कानूनसम्मत नहुने । (प्रकरण नं. २०) एउटै पाठ्यक्रमको आधारमा परीक्षा लिएकोलाई एउटै परीक्षाको माध्यम भनी बुझ्न नमिल्ने । एउटै परीक्षाको माध्यम हुनु एकै पटक अर्थात् एउटै प्रश्नपत्रको माध्यमबाट परीक्षा दिई सिफारिस भएको हुनुपर्ने । एउटै प्रश्नपत्र र परीक्षा भएको अवस्थामा मात्र एकै मानकबाट मूल्याङ्कन गरी प्राप्ताङ्कको आधारमा एकमुष्ठ योग्यताक्रमको सूची प्रकाशन गर्न सकिने कानूनी व्यवस्था रहेकोमा फरक-फरक प्रश्नपत्र र परीक्षा भएको अवस्थामा समेत प्राप्ताङ्कको आधारमा एकमुष्ठ योग्यताक्रमको सूची तयार गर्नु तर्कसम्मत नहुने । (प्रकरण नं.२१) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रमण कुमार श्रेष्ठ र श्री टीकाराम भट्टराई एवं विद्वान् अधिवक्ताहरू डा. श्री भीमार्जुन आचार्य, श्री ऋषिराम घिमिरे र श्री सुलभ खरेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली सरोकारवालाका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री सतिशकृष्ण खरेल, डा. श्री कुमार शर्मा आचार्य र श्री जग्गन्नाथ महतो सिंह एवं विद्वान् अधिवक्ताहरू श्री कृष्ण थापा र श्री नारायणप्रसाद पराजुली अवलम्बित नजिर : ने.का.प.२०५२, अङ्क ७, नि.नं.६०३२ ने.का.प.२०६६, अङ्क ५, नि.नं.८१५३ ने.का.प.२०७६, अङ्क २, नि.नं.१०२०७ ने.का.प.२०७६, अङ्क १०, नि.नं.१०३७२ सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ यस अदालतको संयुक्त इजलासमा आदेश गर्नेः- स.का.मु.प्र. न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश न्या.सपना प्रधान मल्ल