निर्णय नं. ११३०९ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३०९ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०४/३२ ९१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति :२०८०।०४।३२ ०७५-WO-०४७२ मुद्दा : उत्प्रेषणसमेत निवेदक : जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने रमेशप्रसाद चालिसे विरूद्ध विपक्षी : नागरिक लगानी कोष सि.आई.टि. भवन नयाँ बानेश्वर, काठमाडौंसमेत नेपालको संविधानको धारा ३४(२) ले नै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ भनी श्रमसम्बन्धी हक प्रत्याभूत गरेको अवस्थामा स्वीकृत अवकाश कोषमा जम्मा भएको योगदानमा आधारित अवकाश कोष साबिकदेखि कट्टा हुँदै आएको रकममा १५ प्रतिशतले करकट्टी हुन्छ भन्नु सामाजिक सुरक्षाको हकसमेतको विपरीत हुने । अवकाश कोषबाट गरिने भुक्तानी उपदान, वा सञ्चित बिदाबापतको रकम वा औषधी उपचार खर्च आदिको हकमा नै आकर्षित हुने र आयकर नियमावली, २०५९ को नियम २० ले तोकेको सर्तमा मात्र स्वीकृत अवकाश कोषको स्थापना र सञ्चालन हुनसक्ने हुँदा आर्थिक ऐन, २०७५ मा "योगदानमा आधारित अवकाश भुक्तानी" भन्ने शब्दावली उल्लेख भएको कारण स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानीमा सम्बन्धित कर्मचारीको योगदान नरहेको भन्ने जिकिर लिई आयकर ऐन, २०५८ को दफा ८८(१) को मूल व्यवस्थाअनुसार अवकाश कोषको भुक्तानीमा १५ प्रतिशत करकट्टी गरिनुपर्छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री विशेष थापा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रमादेवी पराजुली तथा श्री हरिशंकर ज्ञवाली, विद्वान् अधिवक्ता श्री सुमन पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आयकर ऐन, २०५८ नागरिक लगानी कोष ऐन, २०४७ आर्थिक ऐन, २०७५ आदेश न्या.डा.आनन्दमोहन भट्टराई: नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड नेपाल सरकार अधीनस्थ विपक्षी नेपाल खाद्य संस्थानबाट सेवा निवृत्त हुँदा मैले उपदानबापत पाउने रकम नियमानुसार करकट्टी गरी उपलब्ध गराइदिनु भनी विपक्षी नेपाल खाद्य संस्थानबाट विपक्षी नागरिक लगानी कोषलाई लेखी पठाएकोमा कोषले उक्त पत्रको आधारमा म निवेदकलाई १५ प्रतिशत करकट्टी गरी अवकाश रकम भुक्तानी गरेकोमा के कति कारण तथा कानूनले १५ प्रतिशत करकट्टी गरी भुक्तानी गरेको भनी बुझ्न जाँदा अर्का अवकाशप्राप्त कर्मचारीलाई समेत १५ प्रतिशतको दरले करकट्टी गरी कोषले रकम भुक्तानी गरेको थाहा पाएपश्चात् संयुक्त निवेदन दिई के कुन कानून र निर्णयको आधारमा १५ प्रतिशत करकट्टी गरिएको हो सोको जानकारी माग गरेकोमा कोषबाट मिति २०७५।०७।१९ मा च.नं. २३४ मार्फत कोषलाई करको व्याख्या गर्ने र निर्धारण गर्ने अधिकार नभएको र आयकर ऐन, २०५८ मा पनि प्रस्ट उल्लेख नभएको हुँदा मिति २०७५।०४।१३, च.नं. ९२ र मिति २०७५/४/१४, च.नं. १०६ बाट आन्तरिक राजस्व विभाग, नीति शाखा, लाजिम्पाटमा पत्राचार गरिएको र आयकर ऐन, २०५८ को दफा ८८ अनुसार कर कट्टा गर्नु भन्ने आदेश भएअनुसार हाल कोषबाट सञ्चालित स्वीकृत अवकाश कोष उपदान योजना तथा लगानीकर्ता अवकाश कोष योजनामा १५ प्रतिशत करकट्टी गरिएको जानकारी गराएपश्चात् उक्त करकट्टी प्रचलित आयकर ऐनसमेतको प्रतिकूल भएको र विपक्षीहरूको उक्त कार्य, निर्णय, आदेशले म निवेदकको नेपालको संवि