निर्णय नं. ११३१२ - उत्प्रेषण / परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१२ - उत्प्रेषण / परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०३/२० ६०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०३।२० ०७८-WO-०६२९ मुद्दा : उत्प्रेषण / परमादेशसमेत निवेदक : पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने सन्तोषकुमार चौरसियाकी छोरी वर्ष ८ की परिधि कुमारीसमेत विरूद्ध विपक्षी : उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जसमेत अदालतको फैसला र फैसला कार्यान्वयनबिच सकारात्मक सामञ्जस्यता हुन आवश्यक हुने । अदालतले घर जग्गा नै बन्डा हुने फैसला गरेपछि निर्विवादित रूपमा फैसला कार्यान्वयनको कार्यविधि पूरा गरी पक्षको सहमति भएमा मात्र केही नरमकरम मिलाउन सकिन्छ तर पक्षको अनुपस्थितिमा जबरजस्ती गरिएको बन्डा मुचुल्का विवादित हुन सक्ने सम्बन्धमा अदालत पनि सचेत हुन आवश्यक हुने । रिट निवेदकले बन्डा छुट्याउन निवेदन दिनुभन्दा पहिला प्रत्यर्थीले बन्डा छुट्याउन निवेदन दिएको भन्ने आधारमा फैसलाअनुसारको अंशभाग पाउनबाट वञ्चित गर्न कानूनसङ्गत नहुने । (प्रकरण नं. ५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमण कुमार श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् अधिवक्तात्रय श्री बल्लभ बस्नेत, श्री मन्जु गौतम र श्री उज्वल घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या. अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्यगत बेहोरा हामी रिट निवेदक वादी विपक्षी प्रत्यर्थी सन्तोषकुमार चौरसियासमेत प्रतिवादी भई चलेको अंश दर्ता मुद्दा (०७२-CP-१४७२) मा पर्सा जिल्ला अदालतले मिति २०७५।०१।३० मा फैसला गर्दा जिल्ला नगवा गा.वि.स. वडा नं. ६ कि.नं. ६७५, ७०७, १३४९ र १३४८ ऐ. जिल्ला नकटुवा बी गा.वि.स. वडा नं. ६ को कि.नं. ९०५ र ऐ. जिल्ला वीरगन्ज न.पा. वडा नं. ६ कि.नं. २६१, २६३ र २६५ घरजग्गाहरूमध्येबाट प्रत्यर्थी सन्तोषकुमार चौरसियाले लिन पाउने आधा अंशमध्येबाट ४ भागको ३ भाग अंश उक्त अंश दर्ता मुद्दाका वादी हामी रिट निवेदकले लिन पाउने ठहर्याई भएको फैसला अन्तिम भई बसेको अवस्था छ । उक्त अंश दर्ता मुद्दाको फैसला भएपछि प्रत्यर्थीमध्येका सन्तोषकुमार चौरसियाले म मेनकादेवी चौरसियाउपर लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने मुद्दा पर्सा जिल्ला अदालतमा दायर गरेकोमा सम्बन्ध विच्छेद नहुने ठहर्याई भएको सुरू फैसलाउपर प्रत्यर्थी सन्तोषकुमार चौरसियाले पुनरावेदन गरेको र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट मिति २०७६।०२।११ मा सुरू फैसला उल्टी गरी लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहर्याई फैसला भएको थियो । त्यसपछि उक्त फैसलाउपर म निवेदकले सम्मानित सर्वोच्च अदालतमा मुद्दा दोहोर्याई हेरिपाउन मिति २०७६।४।१६ मा निवेदन गरेको समेतका कारणले पर्सा जिल्ला अदालतबाट अंश दर्ता मुद्दामा भएको फैसलाबमोजिम बन्डा छुट्याउन केही ढिला भएको थियो । अंश दर्ता मुद्दामा भएको फैसलाबमोजिम बन्डा छुट्याउन हामी रिट निवेदकले निवेदन दिएपश्चात् प्रत्यर्थी फूलमतिदेवी वरैसमेत मिति २०७६।०६।२८ गते हाजिर हुँदा उक्त अंश दर्ता मुद्दाको फैसलाबमोजिम वि.दे.नं. ७०७ को बन्डा कारबाही चली मिति २०७५।११।१६ गते बन्डा मुचुल्का भई हामी रिट निवेदक वादीको अंश हक पर सारी मिति २०७५।११।३० गते तामेली पर्चा खडा भएको र