निर्णय नं. ११३१३ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१३ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०६/२२ ५५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री कुमार चुडाल आदेश मिति : २०८०।६।२२ ०७४-WO-०९०४ विषय : उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नं. ८ को हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका, ७ धापासी बसी कान्ति बाल अस्पतालमा व.क.पे.स. (दशौँ तह) मा कार्यरत विजय थापा विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसमेत एकै निकायमा उही कार्य गर्दा निजले प्राप्त गर्ने अनुभवमा भने फरक निकायबाट हुने नियुक्तिले फरक पर्ने अवस्था नदेखिने । विभिन्न कारणले एक वर्षभन्दा कम सेवा अवधि भएको अवस्थामा पनि पटकपटकको एकै प्रकृतिको सेवालाई गणना गरी एउटै निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरी ल्याएको अवस्थामा त्यस्तो एकमुष्ट सेवा अवधिलाई मान्यता दिने गरी लोक सेवा आयोगले गरेको निर्णय उचित र न्यायपूर्ण देखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रूद्र नेपाल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कोषराज खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.कुमार चुडाल : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ:- रिट निवेदनको संक्षिप्त तथ्य म निवेदक नेपाल सरकार तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कान्ति बाल अस्पताल विकास समितिको मिति २०६४।५।३१ को २०१ औं बैठकको निर्णयानुसार कान्ति बाल अस्पतालको विकास समितितर्फ रिक्त रहेको मेडिकल अधिकृत आठौं तहमा ६ महिनाका लागि मिति २०६४।६।१ देखि लागु हुने गरी करार सेवामा नियुक्त भई मिति २०७१।३।२६ देखि नेपाल सरकारअन्तर्गत कन्सल्टेन्ट पेडियाट्रिक सर्जन (नवौं तह) मा स्थायी नियुक्ति पाई मिति २०७३।४।१ देखि दशौं तहमा बढुवा भई हालसम्म निरन्तर कार्यरत रहेको छु । प्रत्यर्थी लोक सेवा आयोगको मिति २०७४।६।९ तथा मिति २०७४।६।२४ को निर्णयबमोजिम स्वास्थ्य सेवाको एघारौं तहमा रिक्त रहेको पद-१, खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि मिति २०७४।६।२५ मा प्रकाशित सूचना नं. २८६।०७४-७५ को लिखित परीक्षाको विज्ञापनअनुरूपको योग्यता प्राप्त गरेकोले म निवेदकले पनि उक्त पदमा आवेदन गरेको थिएँ । लिखित परीक्षामा उत्तीर्ण भई मिति २०७५।२।११ गतेको अन्तर्वार्तामा समेत सामेल भएको छु । विपक्षी लोक सेवा आयोगले मिति २०७५।२।११ को निर्णयबमोजिम म रिट निवेदकलाई वैकल्पिक उम्मेदवारको रूपमा राखी प्रत्यर्थी बालमुकुन्द बस्नेतलाई उक्त पदका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको छ । प्रत्यर्थी लोक सेवा आयोगद्वारा मिति २०७४।६।२५ मा प्रकाशित लिखित परीक्षाको विज्ञापनको परीक्षा कार्यक्रममा उल्लेख भएबमोजिम उक्त पदका लागि आवश्यक न्यूनतम योग्यता नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५(३) बमोजिम ऐ. को अनुसूची ६ मा अधिकृत ११ औं तहका लागि कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । सोही विज्ञापनमा १ वर्षभन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना गरिने छैन भनिएको छ । प्रत्यर्थी बालमुकुन्द बस्नेतको उक्त व्यवस्थाबमोजिमको ७ वर्षको सेवा अवधि पुगेको छैन भने १ (एक) वर्षभन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना नगरिने भन्न