निर्णय नं. ४३५३ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३५३ - भ्रष्टाचार भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/१०/१२ २७६८ निर्णय नं. ४३५३ ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.इ.नं. १५ फैसला भएको मिति : २०४४।१०।१२।३ मा निवेदक/वादी : जिल्ला कार्यालय बागलुङको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : नेपाल खाद्य संस्थान उपशाखा कार्यालय बागलुङको लेखा उपसहायक कुलबहादुर क्षेत्री मुद्दा : भ्रष्टाचार (१) कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति बदनियत साथ मासेमा दफा १३(१) बमोजिम कारवाही हुन सक्ने । (प्रकरण नं. २५) (२) भ्रष्टाचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन बमोजिम र सो देखि बाहेककोमा अन्य ऐन आकर्षित हुने, प्र.उपर भ्रष्टाचार निवारण ऐनको दफा १३(१) (साविक पेज नं. ४७२) समेतको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएकोबाट आफ्नो जिन्सी हिनामिना गरेकोमा खाद्य संस्थानले कानुन बमोजिम नालिश गरी असूल उपर गर्नुपर्ने भन्न नमिल्ने । (प्रकरण नं. २७) (३) जिम्मामा रहेको चामल तथा बोरा नपुग भई हिनामिना भएको स्थितिमा अन्यथा भएको हो भनी निजले प्रमाणित गर्न सकेको अवस्थामा बाहेक निजले मासेको हिनामिना गरेको हो भन्नु पर्ने हुन्छ । यस स्थितिमा निजको बदनियत थिएन भन्न नसकिने । (प्रकरण नं. २८) निवेदक वादीतर्फबाट : विद्वान महान्यायाधिवक्ता श्री मेघराजबहादुर विष्ट विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. स.अ. डिभिजनबेञ्चको २०४२।४।२७ को निर्णयउपर श्री ५ को सरकारको तर्फबाट आपूर्ति सचिवको र महान्यायाधिवक्ताको श्री ५ महाराजाधिराजका जुनाफमा बेग्ला बेग्लै बिन्तिपत्र पर्दा बेहोरा साँचो भए त्यस अदालतको डि.बे.बाट छिनिएको बिन्तिपत्रमा लेखिएको भ्रष्टाचार मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम गर्नु भन्नेसमेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हु.प्र. बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. आ.ब. ०३६–०३७ को ने.खा.सं. उपशाखा कार्यालय बागलुड्डको गोदामको भौतिक परीक्षणको लागि प्रतिनिधि भई गएको र गोदाममा उसीना मोटो राम्रो चामल १४.१४३ मे.टन र खाली बोरा ३२६ थान नपुग भएकोले को बाट हिनामिना भएको हो ? सो को प्रतिवेदन श्रीमान समक्ष पेश गरेको छु भन्ने रमेशकुमारले जि.का.बागलुङमा दिएको प्रतिवेदन । ३. उसीना चामल १४.१४३ मे.टन र बोरा थान ३२६ म संग चावी नहुँदा मैले हिनामिना गरेको होइन भन्ने समेतको बयान र घर खानतलास हुँदा चामल गहुँ मकै मिसाई जाँड बनाएको कालिका साझा संस्थाबाट लिएको भन्ने समेतको रवीलाल चर्माकारको ततिम्बा बयान । ४. भौतिक परीक्षण हुँदा म बिदामा बसेको थिएँ । नपुग १४.१४३ मे.टन राम्रो उसीना चामल मध्ये ३.२०७ मे.टन महेन्द्र आचार्यले मलाई बरबुझारथ नगर्नु भएको हो । बुझ्नु अघि गोदाममा लगाइएको चार ताला मध्ये २ मैले बुझें २ महेन्द्रले लिए । केही दिनपछि सबै साँचो बुझाउनु भयो भन्ने समेतको कूलबहादुर क्षेत्रीको बयान । ५. मेरो सरुवा भई कुलबहादुर क्षेत्रीलाई बुझाउँदा ३.२०७ मे.टन र खाली बोरा ६८ थान मात्र नपुग भई