निर्णय नं. ११३१५ - सिसौ बाली दिलाइपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१५ - सिसौ बाली दिलाइपाऊँ भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०६/१४ ५२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री विनोद शर्मा फैसला मिति : २०८०।६।१४ मुद्दा: सिसौ बाली दिलाइपाऊँ ०७३-CI-०८९८ पुनरावेदक / प्रतिवादी : सवुरलाल भगतको छोरा जिल्ला सप्तरी कुशाह गाउँ विकास समिति वडा नं.१ बस्ने बद्रीनारायण भगत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ को हाल परिवर्तित ऐ. वडा नं.३ बस्ने शुभनारायण भगतको पत्नी मीरा देवी भगत ०७४-CI-०२८५ पुनरावेदक / वादी : शुभ नारायण भगतको पत्नी सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं.४ को हाल परिवर्तित ऐ. वडा नं.३ बस्ने मीरा देवी भगत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सबुरलाल भगतको छोरा जिल्ला सप्तरी कुशाहा गाउँ विकास समिति वडा नं.१ को हाल परिवर्तित सुरूङ्गा नगरपालिका वडा नं.६ बस्ने बद्रीनारायण भगत वादीले अंशबापत जग्गा प्राप्त गर्दाको अवस्थामा सो जग्गामा रहेको सम्पत्तिको रूपमा रहेका रूखहरूसमेत यथावत् रहनु पर्नेमा यथावत् नरहेको अवस्थामा आफूले अंश हकबाट पाएको जग्गामा भएका रूखहरू प्राप्त गर्ने हकबाट वञ्चित हुन पुगेको देखिने । जग्गा प्राप्त गर्दाका अवस्थामा सो जग्गामा रहे भएको सम्पूर्ण रूखबिरूवा तथा अन्य चिजवस्तुहरूसमेत पाउनु वादीको अधिकारभित्र नै पर्ने । अंश हकबाट प्राप्त गरेको जग्गामा भएका रूखबिरूवाहरू जग्गावालाकै हुने र निज जग्गाधनीको मन्जुरीबेगर सो जग्गामा जडित रूखहरू कसैले काटी लैजान्छ र सो अवस्थामा जग्गाधनीले बिगो भराइपाउँ भनी नालिस गर्छ भने निजलाई मुद्दा गर्ने हक रहेको छैन भन्न न्यायोचित नहुने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री सतिषकृष्ण खरेल तथा विद्वान् अधिवक्ताद्वय श्री सतिषकुमार झा र श्री विजयकुमार यादव प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री शिवप्रसाद कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री बद्रीप्रसाद ओली सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री माधवप्रसाद पोखरेल मा. न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ । संक्षिप्त तथ्य हामी वादी प्रतिवादीहरूबिच हित्तचित्त नमिल्दा विपक्षी प्रतिवादी बद्रीनारायण भगत वादी भई मसमेत उपर २०४८ सालमा सा.दे.नं.२३९९।१८७ को अंश मुद्दा दिएको त्यसैगरी विपक्षी सबुरलालले मसमेत उपर २०५६ सालमा २५६८।९३२ को अंश मुद्दा दिएको थियो । उक्त दुवै अंश मुद्दामा वादी दाबी ठहर भई सो अंश मुद्दाहरू अन्तिम भई बसेको अवस्था छ । मेरोसमेत अंश हक लाग्ने विपक्षी प्रतिवादी सबुरलालका नाउँमा दर्ता रहेको जिल्ला सप्तरी कुशहा गा.वि.स. वडा नं.१(ख) कि.नं.१ को ०३-०२-१५ जग्गामा ४ फिट गोलाइका प्रतिगोटा रू.६०००।- पर्ने करिब ७०००।- (सात हजार) थान सिसौका रूखहरू थिए । उक्त अंश मुद्दा चल्दाचल्दैको अवस्थामा विपक्षीहरूले उक्त रूखहरू काट्ने तयारी गर्दा निजहरूउपर निषेधाज्ञा मुद्दा दायर गरेकोमा सर्वोच्च अदालतमा विचाराधीन अंश मुद्दा किना