निर्णय नं. ११३१६ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१६ - अंश दर्ता भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०१/१९ १२९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।१।१९ ०६९-CI-०८६९ मुद्दा: अंश दर्ता पुनरावेदक / वादी : जिल्ला बारा, गन्जभवानीपुर गाउँ विकास समिति वडा नं.७ बस्ने नेसारूलहक अन्सारीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, गाउँ विकास समिति गन्जभवानीपुर वडा नं.७ बस्ने मैमुलहक अन्सारीसमेत अंशबन्डा हुनु र मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्नु फरक विषय हो । मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्दै आए पनि अंशबन्डा नभएको अवस्थामा त्यस्ता अंशियार सगोलकै मान्नुपर्ने । सगोलमा रहेको भन्नु र एकासगोल भन्नु पनि फरक फरक अवस्था हो । "सगोल" शब्दले अंशियारहरूबिच बन्डा नभएको अवस्थालाई जनाउँछ, जुन अवस्थाले अंशियारहरू चुल्हो मानो छुट्टिई अलग रहेको अवस्थालाई समेत जनाउँछ भने "एकासगोल" भन्ने शब्दले अंशियारहरू चुल्हो मानो नछुट्टिई सँगसाथ रही भात भान्सा एउटै रहेको अवस्थालाई इङ्गित गर्दछ । भिन्न हुनु र अंश लिई भिन्न हुनु फरक अवस्था हो । अंशियारहरू आपसमा भिन्न मात्र हुनुले अंशियारहरूबिच बन्डा नभई सगोलमा रहेको मानिन्छ भने अंश लिई छुट्टिई भिन्न भएको अवस्थाले अंशियारहरूबिच अंशबन्डा भइसकेको अवस्थालाई बुझाउने हुन्छ र त्यस्ता अंशियारहरू सगोलमा रहेको भन्न नमिल्ने । मानो छुट्टिएको कारणले सगोलमा नरहेको भन्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क १, नि.नं.७९११ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की पुनरावेदन अदालत हेटौंडा फैसला न्या.डा.मनोजकुमार शर्मा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- तथ्य खण्ड ईसमाइल मियाँ र अविरन खातुनबाट ३ छोरामा क्रमश: अबुमहमद, मैमुलहक तथा लालमहमद हुन् । अबुमहमद तथा उनकी पत्नीको मृत्यु भइसकेको हुँदा निजका छोराहरू क्रमश: नेसारूलहक, गफार, इलियास, अब्दुलसतार, अमजतअली अन्सारी तथा नुरूलहोदा हुन् । मैमुलहक तथा निजकी श्रीमती फातमा खातुनका छोरा नाजिर हुसेन हुन् । नाजिरकी श्रीमती मोविना खातुन हुन् । हामी एकासगोलमा बसिआएकोमा हितचित्त नमिली प्रतिवादीहरूसँग मिति २०५९/४/१६ मा अंश छुट्याइदिन माग गर्दा इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा पूर्वको चल-अचल सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई ३ खण्डको १ खण्ड लाल महमदलाई र १ खण्ड अबुमहमद अन्सारीका ६ जना छोरा हामी वादीलाई छुट्याई हाम्रो नाममा संयुक्त दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । विपक्षीहरूसँग एकसाथ सगोलमै बसी आएको होइन, छैन । सगोलको आर्जनबाट जग्गा जमिन हाम्रो नाममा आर्जन भएको समेत होइन । अंश दिन इन्कार गरेको पनि छैन । ईसमाइल मियाँको जीवनकालमै मिति २०१५/२/१ मा मानो चुल्हो फोडी भिन्द भई आ-आफ्नो आय आर्जन गरी बसेका छौं । वादीको झुठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयु