निर्णय नं. ११३१७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१७ - उत्प्रेषण / परमादेश भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०२/०९ ६५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०२।०९ ०७२-CI-०७४२ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / निवेदक : बलबहादुर के.सी. को नाति, भरतबहादुर के.सी. को छोरा ललितपुर जिल्ला, साबिक छम्पी गा.वि.स. वडा नं. ६ को परिवर्तित कार्यविनायक न.पा. वडा नं. १६ बस्ने वर्ष ६० को समिर गौतम के.सी. विरूद्ध प्रत्यर्थी / विपक्षी : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ललितपुरसमेत एउटा कार्यालयमा कार्यरत रहँदारहँदैको अवस्थामा कुनै पनि कर्मचारीले अर्को कार्यालयमा नियुक्ति लिएको र कार्यरत कार्यालयले अर्को कार्यालयमा हाजिर हुन जानु भनी रमाना पत्र दिई सो रमाना पत्रमार्फत हाजिर भएको अवस्थामा त्यस्तो कर्मचारी नोकरीमा अविच्छिन्न रूपमा सेवारत रहेकै मान्नुपर्ने । (प्रकरण नं. ६) अवकाश हुँदाको अवस्थामा संस्थाको सञ्चालक समितिको अध्यक्षले हस्ताक्षर गरिदिएको कदर पत्रमा सेवा अवधिको एउटा मिति कायम गरेकोमा निजलाई अवकाशबापत पाउनुपर्ने सेवा सुविधा प्रदान गर्ने समयमा अर्को मिति कायम गरी विपक्षीहरूले गरेको निर्णयलाई कानूनसम्मत मान्न नसकिने । (प्रकरण नं. ८) एकजना कर्मचारीको सेवा अवधि जोडिने तर अर्को कर्मचारीको हकमा सोही प्रकृतिको सेवा अवधि नजोडिने भनी निर्णय गर्नु तर्कसङ्गत र न्यायसङ्गत नहुने । (प्रकरण नं. ९) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री अनिता जोशी मानन्धर र श्री अच्युतम कुमार ढकाल प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बच्चुसिंह खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहको फैसला गर्ने : मा.न्या.डा. श्री सलाहुद्धिन अख्तर सिद्दिकी मा.न्या. श्री पदमराज भट्ट पुनरावेदन अदालत पाटन फैसला न्या. तिलप्रसाद श्रेष्ठ : तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (क) बमोजिम पुनरावेदन दर्ता भई सुनुवाइको लागि इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः मुद्दाको संक्षिप्त तथ्य म निवेदक मिति २०३१/१२/०१ देखि खानेपानी तथा ढल निकास समितिलाई प्रत्यायोजित अधिकारबमोजिमको परीक्षा उत्तीर्ण गरी मुखिया पद सहायक स्तर तृतीय श्रेणीमा स्थायी नियुक्ति लिई ललितपुर उप-कार्यालयमा कार्यरत रहकै अवस्थामा ऐ. समितिको धरान उपशाखाले प्रत्यायोजित अधिकारअन्तर्गत विज्ञापन गरेको खुल्ला प्रतियोगिता परीक्षामा सामेल भई सहायक स्तर (प्रथम श्रेणी) ना.सु. पदमा उत्तीर्ण भई मिति २०४०/०८/०१ देखि नियुक्ति पाई विराटनगर उपशाखामा हाजिर भई विभिन्न शाखा सरूवा हुँदै मिति २०७०/०२/११ मा अवकाश पाएकोमा विपक्षीहरूले मिति २०३१/१२/०१ देखि मिति २०७०/०२/१० सम्मको मेरो सेवा अवधिलाई गणना नगरी मिति २०४०/०८/०१ देखि मिति २०७०/०२/१० सम्मको सेवा अवधि कायम गर्ने गरी निर्णय गरी सोहीबमोजिम पत्राचार गरेको थाहा हुन आएकोले मिति २०३१/१२/०१ बाट मैले गरेको सेवा अवधिलाई नजोडी २०४०/०८/०१ गतेबाट मात्र सेवा अवधि जोड्ने भनी विपक्षीहरूले गरेको निर्णय, सोबमोजिम भएका पत्राचार र काम कारबाहीबाट मलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३) च, १३(१) र १९(१), (२) ले प्रदान गरेको समानता, पेस रोजगार र सम्पत्तिसम्बन्धी मौलिक हक तथा नागरिक अधिकार ऐन, २०१२ को दफा ३, ६(६), (७) र दफा ९ तथा न