निर्णय नं. ११३१८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१८ - लेनदेन भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०६/०९ २७८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।६।९ ०७५-CI-०५७६ मुद्दा:- लेनदेन पुनरावेदक / वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१२ स्थित भन्सार मार्ग, टेकु काठमाडौंमा कार्यालय रहेको पचली बहुउद्देश्यीय सहकारी संस्था लि. को सञ्चालक समितिबाट अख्तियारप्राप्त प्रबन्धक पदमा कार्यरत काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१० मा बस्ने भरतबहादुर प्रधान विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सर्वज्ञमान मल्लको नाति दुर्गेशमान मल्लको छोरा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ बस्ने रविन्द्रमान मल्ल सहकारी संस्थाले सदस्यहरूबिच विश्वास र आवश्यकताका आधारमा प्रदान गरिएको ऋणबाहेक अन्य ठुला प्रकृतिका ऋणहरूमा सामान्यतया धितोले खाम्ने गरी मात्र ऋण प्रवाह गर्नुपर्ने र राखिएको धितोबाट लिलामी गरी सोहीबाट ऋण असुली गर्नुपर्ने । धितोले नखामेमा जुन व्यवसाय गरिएको हो सोहीबाट वा अन्य जायजेथाबाट उक्त ऋण असुली हुन सक्ने भए सोही प्रक्रियामा जानुपर्ने । सहकारीमा जायजेथा राखिएको सम्पत्तिबाट ऋण असुली नभएमा ऋण असुली न्यायाधिकरणको प्रक्रियाबाट वा अन्य त्यस्तै प्रक्रियाबाट असुलउपर गर्ने व्यवस्था नभएकाले अन्य सामान्य कानूनी प्रक्रिया अवलम्बन गर्न सक्ने । यस्तो अवस्थामा लेनदेन व्यवहारअन्तर्गत नियमित अदालत प्रवेश गर्ने कार्य अन्तिम उपाय हुने । यस्तो अन्तिम उपायअन्तर्गत लेनदेनसम्बन्धी कानून र क्षेत्राधिकार प्रयोग गरी अदालत प्रवेश गरेको अवस्थामा निर्णय गर्ने अदालतले सम्बन्धित कानूनले तोकेको प्रतिशतभन्दा बढी ब्याज भराउन नसक्ने । जुन कानून जुन प्रयोजनको निम्ति बनेको हो, त्यस कानूनले सो प्रयोजनभन्दा बढी गरी वादी दाबीबमोजिम निजको सुविधामा निर्णय गर्न नसक्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री छविलाल घिमिरे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रमेश सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान सहकारी ऐन, २०४८ र २०७४ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ऋण असुली न्यायाधिकरणसम्बन्धी ऐन, २०५८ सुरू फैसला गर्ने :- माननीय जिल्ला न्यायाधीश श्री प्रकाश खरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्ने :- माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर माननीय न्यायाधीश श्री बलभद्र बास्तोला उच्च अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षी रविन्द्रमान मल्लले फिरादी संस्थाबाट मिति २०६१।६।४ मा रू.१०,००,०००।- मिति २०६२।३।३ मा रू.७,९८,०००।-, मिति २०६२।३।३ मा रू.१०,५०,०००।- र मिति २०६२।४।४ मा रू.१०,००,०००।- गरी जम्मा रू.३८,४८,०००।- होटल माउन्टेन सञ्चालन गर्न भनी कर्जा लिनुभएको र मिति २०६२।४।५ मा आफ्नो नाउँमा दर्ता रहेको काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ को कित्ता नं.२८६१ को क्षे.फ.०-०-१-१ र कि.नं.२८६२ को क्षे.फ.०-०-१-१ घरजग्गा संस्थाको नाममा धितो राखी दिनुभएको थियो । संस्थाले मिति २०७१।४।२१ सम्म निजबाट साँवा, ब्याज र हर्जानासमेत गरी रू.९२,७२,१०३।- असुल गर्नुपर्ने थियो । बारम्बार कर्जा चुक्ता गर्न ताकेता गर्दा पनि कर्जा असुल हुन नसकेपछि विपक्षीले यस संस्