निर्णय नं. ११३१९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३१९ - परमादेश भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/११/१२ ५५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०७९।११।१२ ०७९-WO-०५०४ विषयः परमादेश निवेदक : हर सिंह धामीको छोरा जिल्ला दार्चुला साबिक भगवती गा.वि.स. वडा नं. ४ हाल मालिकार्जुन गाउँपालिका वडा नं. २ घर भई रानीस्थान आधारभूत विद्यालयको कार्यालय सहयोगी वर्ष ४० को माधव सिंह धामी विरूद्ध विपक्षी : नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत गाउँपालिकाको शिक्षा नियमावलीमा स्पष्ट रूपमा कर्मचारी छनौट गर्दा अपनाउनुपर्ने कार्यविधि र छनौट समितिको व्यवस्था भएकोमा सोही व्यवस्थाअनुरूप कर्मचारी नियुक्ति गरिनुपर्ने अन्यथा त्यस्तो नियुक्तिले वैधता पाउन नसक्ने । कानूनले निर्दिष्ट गरेको व्यवस्थालाई पालना नगरी वा अनदेखा गरी निहित उद्देश्यले आफूले इच्छाएका व्यक्तिहरू मात्र उपस्थित गराई गरेको नियुक्ति कानूनसम्मत भएको भनी मान्न नसकिने । (प्रकरण नं. ५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजबहादुर ढकाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ आदेश न्या. कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड म रिट निवेदक मालिकार्जुन गाउँपालिकाको मिति २०७९।०३।२९ को कर्मचारी भर्ना अनुमति प्राप्त गरी श्री रानीस्थान आधारभूत विद्यालय सिराड, दार्चुलाको विज्ञापन नं. १/०७८/०७९ मिति २०७२।०३।३० बमोजिम कार्यालय सहायक पदको लागि खुल्ला प्रतिस्पर्धाको विज्ञापन भई मसमेतको दरखास्त परी अन्य प्रतिस्पर्धीलाई पछाडि पारी म निवेदकलाई उक्त विद्यालयको मिति २०७९|४|३१ को विद्यालय व्यवस्थापन समितिको निर्णय तथा नेपाल सरकार शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाको मिति २०७९।४।१६ को विद्यालय कर्मचारी भर्ना सम्बन्धको परिपत्र, शिक्षा नियमावली, २०५९ को नियम १४४(ख) बमोजिम हुने गरी विद्यालय सञ्चालन कार्यविधि नियमावली, २०६८ को परिच्छेद ४ विनियम १९ बमोजिम २०७९|४|३१ गतेदेखि सेवा गणना हुने गरी श्री रानीस्थान आधारभूत विद्यालय सिराड मालिकार्जुन २ दार्चुलाको कार्यालय सहयोगी पदमा नियुक्ति भई कामकाज गर्दै आएको छु । म निवेदक उक्त पदमा छनोट हुँदा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी छनौट भई कामकाज गर्दै आएकोमा विपक्षीहरूले हालसम्म पनि कुनै पनि सेवा सुविधा, तलब भत्ता प्रदान गरेको छैन । यसरी शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ तथा रानीस्थान प्रा.वि. सिराडको विद्यालय विनियमावली, २०६८ बमोजिम म निवेदकलाई मिति २०७९/०४/३१ गतेदेखि सेवा सुविधा गणना हुने गरी नियुक्ति भएकोमा विपक्षीहरूले हालसम्म पनि कुनै पनि सेवा सुविधा, तलब भत्ता प्रदान नगरेको र प्रदान गर्नेतर्फ पनि कुनै चासो नदिएको हुँदा मेरो नियुक्ति मितिदेखि लागु हुने गरी तलब भत्ता सेवा सुविधा दिई निरन्तर कामकाज गर्न दिनु भनी विपक्षीहरूको नाउँमा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ । साथै रिट निवेदनको अन्तिम टुङ्गो लाग्न लामो समय लाग्ने हुँदा तत्कालै अन्तरिम आदेश जारी नगरेमा म निवेदकलाई अपूरणीय क्षति पुग्ने काम गरेको रूपैयाँ प्राप्त नगरेमा म तथा मेरा आश्रित जहान परिवारलाई समेत पालन पोषण गर्न नसक्ने, बेरोजगार र