निर्णय नं. ११३२३ - बेनिस्सा जग्गा दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३२३ - बेनिस्सा जग्गा दर्ता बदर भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/१०/०२ ८०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८०।१०।२ ०७२-CI-२०९८ मुद्दा:- बेनिस्सा जग्गा दर्ता बदर पुनरावेदक / प्रतिवादी : सूर्य प्रताप राणाकी बुहारी किशोर प्रताप राणाकी श्रीमती भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ४ थालाछे बस्ने उषा विष्ट राणा विरूद्ध प्रत्यर्थी / वादी : मेन मानको नाति विकुलालको छोरा काभ्रेपालाञ्‍चोक जिल्ला सागा नासिकास्थान गा.वि.स. वडा नं.३ बस्ने जनकलाल बनमाली दुवै पक्षले दाबीको जग्गा आफूले देखाएको स्रोतबाट कायम हुन आउने भनी साबिक स्रोत पोता लगत आदि देखाउन सकेको अवस्थामा मात्र दोहोरो प्रमाणको विद्यमानता भई तेरो मेरोको स्थिति उत्पन्‍न हुने र हक कायममा सुनाउनुपर्ने स्थिति रहने । बेनिस्सा दर्ता कारबाहीमा प्रकाशित सूचनामा कुनै विश्‍वसनीय स्रोत प्रमाण नदेखाई उजुरी गरेकोमा त्यस्तो उजुरीकै आधारमा मालपोत कार्यालयले यान्‍त्रिकरूपमा हक बेहकमा सुनाउनुपर्ने आवश्यकता नरहने । दुवै पक्षले विधिसम्मत तरिकाले प्रमाण पेस गरेको र त्यस्तो प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने अवस्था भएमा मात्र औचित्यको आधारमा हक बेहकमा सुनाउनुपर्ने । जहाँ प्रमाण मूल्याङ्कनको प्रश्‍न नै खडा भएको हुँदैन त्यस्तो स्थितिमा हक बेहकमा सुनाउनुपर्ने औचित्यसमेत नहुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री श्रीधर उपाध्याय र श्री राजु कटुवाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शुसिल थापा र विद्वान् अधिवक्ता श्री हरिप्रसाद दुलाल अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ बिर्ता उन्मूलन ऐन, २०१६ सुरू तहमा निर्णय गर्नेः मालपोत कार्यालय भक्तपुर पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री दीपककुमार कार्की मा. न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल पुनरावेदन अदालत पाटन फैसला न्या.डा.नहकुल सुवेदी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मेरा पिता विकुलाल बनमालीको नाउँमा नाप नक्सा भई दर्ता बाँकी ठेलीमा कायम रहेको भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं. ५(घ) कि.नं. ११८ को १–११–०–० जग्गा साबिकदेखि हालसम्म जोत कमोद गरिआएको जग्गा हो, उक्त जग्गा नामसारी गर्न बाँकी हुँदै पिता विकुलाल बनमाली २०२६ सालमा परलोक हुनुभयो । उहाँको एक मात्र श्रीमती सुनमाया बनमाली पनि २०१७ सालमा परलोक हुनुभएको हुँदा छोरामध्ये दाजु शिवलाल २०६१।६।१८ मा अविवाहित अवस्थामा परलोक हुनु भई हक खाने छोरा म जनकलाल बनमालीको नाउँमा बेनिस्सा जग्गा दर्ता गरिपाउँ भन्ने जनकलाल बनमालीको निवेदन दाबी । मालपोत कार्यालय भक्तपुरबाट मिति २०६९।०४।१७ मा गोरखापत्रमा हक दाबी सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित हुँदा जगतजंग राणा तथा शाहजादी श्री ५ टिका राज्यलक्ष्मी शाह राणाको विवाहमा दाइजो स्वरूप प्रदान गरेको सम्पत्तिमध्येको उक्त जग्गा हुँदा वि.सं. १९०९देखि १९५२ सम्म भोग चलन गर्दै आएको र निजहरूको मृत्युपश्चात् उनका सन्‍ततिहरूका मात्र हकदैया र हाल साबिक भिडाई दर्ता गर्न पाउने जग्गा भएको र उक्त कि.नं. ११८ को क्