निर्णय नं. ११३२४ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३२४ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/१२/२२ २७१७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल आदेश मिति : २०८०।१२।२२ ०८०-NF-०००८ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार पुनरावलोकनकर्ता / प्रतिवादी : पूर्णबहादुर तामाङको छोरा, नुवाकोट जिल्ला, शिखरवेसी गा.वि.स. वडा नं.८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको सुमन तामाङ विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम बालाजु ४ को जाहेरीले नेपाल सरकार मानव बेचबिखन मुद्दामा कसैलाई मुख्य अभियुक्त वा पूर्ण अपराधको रूपमा कसुरदार कायम गर्न बेचबिखनको उद्देश्यले पीडितलाई नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा सोही उद्देश्यले विदेशमा लाने, किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउनेसम्मको कार्यमा संलग्न रहेको वा त्यस्तो कार्य गरेको हुनुपर्ने । (प्रकरण नं.८) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को व्यवस्था भनेको मानव बेचबिखन जस्तो जघन्य कसुरबाट पीडित व्यक्तिको न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चितताका लागि प्रचलित फौजदारी कानूनको कार्यविधिगत प्रक्रियाभन्दा फरक तथा विशिष्ट रूपमा विधायिकाले उक्त ऐनमा गरेको व्यवस्था हो । मुख्य रूपमा मानव बेचबिखनको मुद्दामा पीडितले मौकामा दिएको जाहेरी बेहोरा पुष्टि गर्न प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अदालतमा बकपत्र गर्न उपस्थित हुन नसकेको अवस्थामा पनि त्यसरी पीडितले गरेको प्रमाणित बयान अदालतले प्रमाणमा लिन सक्ने । तर सो कानूनी व्यवस्थाको अर्थ कुनै व्यक्तिले आफूउपर मानव बेचबिखनको कसुर गरेको भनी जाहेरी दिई सोहीबमोजिम मौकामा बयान गरी त्यस्तो बयान जिल्ला न्यायाधीशबाट प्रमाणित भएको कुरालाई मात्र प्रमाणको रूपमा ग्रहण गर्ने र मिसिल संलग्न अन्य प्रमाणलाई बेवास्ता वा उपेक्षा गर्ने भन्ने होइन । पीडितको प्रमाणित बयान कसुर प्रमाणित वा खण्डित गर्न महत्त्वपूर्ण भूमिका रहने भए पनि यो मात्र एकल र निरपेक्ष प्रमाण भने होइन । मानव बेचबिखनजस्तो गम्भीर मुद्दामा केवल जाहेरी दरखास्त र मौकाको प्रमाणित बयानको आधारमा मात्र कसैलाई कसुरदार कायम गर्न पर्याप्त नहुने । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ मा गरिएको कानूनी व्यवस्थामा विधिकर्ताको त्यस्तो मनसाय सन्निहित रहेको अवस्था पनि होइन । दफा ६ को उल्लिखित कानूनी व्यवस्थाले पीडितलाई प्रमाण ऐन, २०३१ को दफा १८ को प्रतिबन्धात्मक वाक्यांशमा भएको कानूनी व्यवस्था विरूद्ध संरक्षण प्रदान गरेको सम्म हो । अतः दफा ६ मा उल्लेख भएको व्यवस्थाको विधायिकी मनसायलाई निरपेक्ष रूपमा व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. ११) पुनरावलोकनकर्ता प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री महानन्द दाहाल प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महत अवलम्बित नजिर : ने.का.प.२०७७, अङ्क १०/११ नि.नं. १०५९६ ने.का.प २०७९ अङ्क ६ नि.नं १०८९२ सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री रमेश राज पोखरेल काठमाडौं जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः मा.न्या.श्री जीवनहरि अधिकारी मा.न्या.श्री यमुना भट्टराई उच्च अदालत पाटन यस अदालतमा फैसला गर्ने: मा.न्या.श्री टंकबहादुर मोक्तान मा.न्या.श्री