निर्णय नं. १५६० - उत्प्रेषण लगायतका रिट, आज्ञा आदेश वा पूर्जि जारि गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५६० - उत्प्रेषण लगायतका रिट, आज्ञा आदेश वा पूर्जि जारि गरी पाउँ । भाग: २४ साल: २०३९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०४/१५ २५२३ निर्णय नं. १५६० ने.का.प. २०३९ अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३७ सालको रिट नं. १५१३ आदेश भएको मिति : २०३९।४।१५।६ मा निवेदक : जिल्ला मोरङ्ग विराटनगर मिल्स एरिया स्थित अशोक टेक्सटाइल इण्डष्ट्रीज (प्रा) लि.को सञ्चालक का.जि.का.न.पं.वा.नं.१ नक्साल बस्ने राजकुमार अग्रवाल विरुद्ध विपक्षी : जिल्ला मोरङ्ग बुधनगर गा.पं., वा नं.७ बस्ने अवैध नारायण मण्डल, श्रम कार्यालय कोशी अञ्चल पूर्वाञ्चल क्षेत्र विराटनगर विषय : उत्प्रेषण लयातका रिट, आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ (१) जसको उपर उजुर पर्छ उसलाई आफ्नो कुरा भन्ने मौका नदिई निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन्छ । प्रस्तुत केशमा श्रम कार्यालयले उक्त कम्पनीलाई आफ्नो कुरा भन्ने मौका दिएको देखिँदैन । यो कम्पनीको निर्णय उपरको पुनरावेदन नभई उजुरी भएकोले यस्तोमा कम्पनीलाई बुझ्दै नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लिखित मुद्दा : आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी कार्यालयको २०३७।३।१४ र २०३७।४।१० का आदेशहरु बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार छ । २. प्रतिरक्षी अवैध नारायण मण्डल २०३३।१२।८ देखि यस इण्डष्ट्रिजको मिटिङ विभागमा कामकाज गर्दै आउनु भएको थियो । २०३७।७।८ मा निजले कारखानामा आफ्नो कार्य समयमा मेशिन छाडी घुम्न जाने विभागीय प्रमुखले सम्झाउँदा बुझाउँदा पनि नमान्ने हेलचेक्र्याई गर्ने गरेको भनी विभागीय प्रतिवेदन परे पछि निजसँग स्पष्टीकरण लिँदा जवाफ सन्तोषजनक नभएकोले सख्त चेतावनी दिँदै भविष्यमा खराब आच।ण गर्नु भएको देखिएमा सेवाबाट खारेज गर्न सकिने कुराको पत्र २०३५।७।१३ मा दिइयो । कारखानाको काममा कम चाख राख्ने र कारखानाको काममा समय समयमा अवरोध उत्पन्न हुने गरी अनुपस्थित भई दिने गरेको थियो। प्रतिरक्षी अवैध नारायण मण्डलले नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ (२) (ख) (घ) र (छ) अन्तर्गतको खराव आचरणका कामहरु गरेको र मजदुरलाई देश व्यवस्था तथा राजसत्ताको प्रतिकुल हतियार बनाई कारखानाको काममा समेत अवरोध उत्पन्न गरेको हुनाले निजलाई पहिले नसिहत समेत दिई सकिएको हुनाले ऐ.को दफा ५१(१) अन्तर्गत बिना सूचना क्षतिपूर्ति नदिई कारखानाको सेवाबाट बर्खास्त गरियो । सो उपर प्रतिरक्षीले श्री अधिकृतज्यूले पुनः सहानुभूति पूर्वक विचार गरी काममा लगाई यस कार्यालयलाई जानकारी दिनु भनी ०३७।३।१४ को पत्रद्वारा अनुरोध गर्नु भयो । उक्त पत्र अनुसार प्रतिरक्षीलाई काममा लगाउन नसकिने भनी पत्र लेखियो । अधिकृतज्यूले ०३७।४।१० मा निजलाई (प्रतिरक्षी) तुरुन्त हर्जाना सहित पुर्ववत काम दिनु हुन यो आदेश दिइएको छ । अन्यथा कानून बमोजिम कारवाई भई जाने कुरा पनि यसै पत्रद्वाारा सूचित गरिन्छ भनी निर्देशनात्मक पत्र दिनु भयो । नेपाल कारखाना तथा कारखानामा काम गर्न मजदुर सम्बन्धी ऐन, २०१६ को दफा (५) ३ अन्तर्गत उजुरी परेपछि उभय पक्षको कुरा सुनी बुझ