निर्णय नं. ११३२५ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३२५ - जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/०१/१७ १२४९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।०१।१७ ०७५-CR-१२३५ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : भुरे नेपालीको नाति, गोवर्धन नेपालीको छोरा, काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ बस्ने रामेश्वर नेपाली विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम बौद्ध १९ (क) २०७२/०७३ को जाहेरीले नेपाल सरकार दोहोरो खतराको सिद्धान्त कुनै पक्षलाई एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा नचलाइने र सजाय नदिइने प्रतिबद्धता हो । यस सिद्धान्तले कुनै पनि व्यक्तिलाई कुनै खास फौजदारी कसुरमा एकपटक पहिला नै मुद्दा चलाई सफाइ दिइएको वा दोषी ठहराई सजाय दिइएको होस्, पुनः सोही विषयमा अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने । एकपटक फौजदारी कारबाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्तिउपर मुद्दा चलाई सजाय गर्न राज्य विबन्धित हुने । यो व्यवस्था collateral estoppel को सिद्धान्तमा आधारित हुने । एउटै कसुरको अभियोगमा पटकपटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौजदारी न्याय प्रणाली न्यायअनुकूल नभई अनिश्चयपूर्ण अवस्था उत्पन्न हुन सक्ने हुँदा नागरिकलाई सो अवस्थाबाट जोगाउन, एउटा अपराधमा एक पटकभन्दा बढी कारबाही वा सजायको अवस्था सिर्जना हुन नदिन र फौजदारी मुद्दाको अन्तिमता (finality of the case) लाई स्थिर बनाइराख्नेसमेत फौजदारी न्यायिक कार्यविधिमा दोहोरो खतराको सिद्धान्तलाई कठोरसाथ पालना गर्नुपर्नेमा द्विविधा नरहने । (प्रकरण नं.१२) प्रतिवादीको कोठाअगाडि सार्वजनिक स्थानमा पीडितले पिसाब गरेको जरियाबाट सिर्जित पीडितलाई हातपात गरेको सार्वजनिक अपराधको कसुर र पीडितको योनिमा चाबी घुसाई चलाएको जबरजस्ती करणीको कसुरको स्पष्टत: फरक प्रकृति, फरक मिति र फरक वारदातस्थल देखिन आएकोमा पीडित वा जाहेरवालाले मौकामा कागज लेखाउँदा वा बकपत्र गर्दा मिति वा दिन, बार आदिमा हुन गएका स्मृतिजन्य सामान्य मानवीय त्रुटि वा प्राविधिक छिद्रहरूका आधारमा एक अवोध नाबालिगउपर भएको जबरजस्ती करणीको जघन्य कसुरलाई सामान्य प्रकृतिको सार्वजनिक अपराधको कसुरमा नै समावेश भएको भनी अर्थ गर्न नमिल्ने । फरकफरक प्रकृतिको फरकफरक कसुरमा तत् तत् कानूनबमोजिम अनुसन्धान गरी अभियोजन गर्ने र कसुर ठहर भएमा समेत कानूनबमोजिम सजाय गर्नुपर्ने अवस्थामा दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं.१४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठ एवम् विद्वान् अधिवक्ताद्वय डा. श्री भिमार्जुन आचार्य र श्री ऋषिराम घिमिरे प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल अवलम्बित नजिर : ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००७ ने.का.प. २०७८, अङ्क ९, नि नं १०७३८ ने.का.प.२०७३, अङ्क १, नि.नं. ९५१९ सम्बद्ध कानून : नेपालको संविधान प्रमाण ऐन, २०३१ मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः- मा.जि.न्या.श्री रमेशराज पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री अग्नीप्रसाद थपलिया मा.न्या.श्री अच्युतप्रसाद भण्डारी उच्च अदालत पाटन फैसला न्या. नहकुल सुवेदी : न्याय