निर्णय नं. ११३२७ - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३२७ - अपुताली हक कायम भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/०१/३१ १६२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।०१।३१ मुद्दाः अपुताली हक कायम ०७२-CI-१७२५ पुनरावेदक / प्रतिवादी : मिश्री शाक्यको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्ने रमेश शाक्य विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ बस्ने सेतकुमारी शाक्यको मु.स. गर्ने ऐ.ऐ. १३ बस्ने भिमा शाक्य ०७२-CI-१७३२ पुनरावेदक / प्रतिवादी : पूर्णमानको नाति मिश्री शाक्यको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुशी बस्ने उमेश शाक्य विरूद्ध प्रत्यर्थी : मिश्री शाक्यको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्ने रमेश शाक्य सामान्यतया: अपुताली हक मृतकको पालनपोषण, स्याहार-सुसार, हेरचाह गरेको तथा मृतकसँग नाता सम्बन्धमा निकटता रहेको भन्ने आधारमा कायम हुने वा निर्धारण गरिने विषय हो । (प्रकरण नं. ४) बैंकमा खोलिएको खातामा इच्छाइएको, रकम झिकेको जस्ता कुरालाई हेरेर पालनपोषण गरेको भनी निष्कर्ष निकाल्न नसकिने । उमेर, स्वास्थ्य अवस्था, व्यावहारिक अनुकूलता आदि विविध कारणले त्यस प्रकारका बैंकिङ कारोबारका लागि आफ्नो कुनै विश्वास-पात्रबाट सहयोग लिनु स्वाभाविक र नियमित सामाजिक प्रक्रिया हुने । यसैलाई अपुताली हकको आधार बनाउनु मनासिब नहुने । बैंक खाता खोल्दा कसैलाई इच्छाउनुपर्ने प्रक्रिया पूरा गर्न र खाता सञ्चालन कार्यलाई व्यावहारिक रूपमा सहजता प्रदान गर्न कसैलाई इच्छाइएको कुरालाई नै मर्नेको शेषपछि निजको सबै सम्पत्तिमा अपुताली हक कायम हुने आधारको रूपमा ग्रहण गर्नु मनासिब नदेखिने । बैंक खाता खोल्दा इच्छाइएको व्यक्तिको हक सोही इच्छाइएको बैंक खातामा रहेको रकमको कुरामा सम्म सीमित रहने । बैंक खातामा रहेको रकमबाहेकको सम्पत्तिमा बैंक खाता खोल्दा इच्छाइएको कारणबाट नै हक कायम नहुने । (प्रकरण नं. ५) मरेपछि दागबत्ती दिएको वा वार्षिक श्राद्ध गरेको जस्ता कार्य धार्मिक, साँस्कृतिक, सामाजिक सन्दर्भका विषयहरू हुने । बाँचुञ्जेल के सेवा, टहल, पालनपोषण, आदि कार्य गरियो भन्ने कुराले अपुताली पाउने कुरासँग सम्बन्ध राख्ने । मरिसकेपछि दागबत्ती कसले दियो, मलामी गयो गएन, श्राद्ध कसले गर्यो भन्ने जस्ता कुरालाई हेरेर अपुताली हक स्थापित नहुने । बाबु-आमा मर्दा किरिया नबसेका, श्राद्ध गर्ने नगरेका, दागबत्ती नदिएका मानिसले बाबु-आमाको सम्पत्तिको अपुताली पाउने गरेको कुराको दृष्टान्त समाजमा प्रसस्तै पाउन सकिने । मर्ने (अपुताली परेका) मानिसको नामको जग्गाधनी प्रमाणपत्र कुन व्यक्तिसँग रहेको छ ? औषधी उपचारका बील भरपाई कसले हात पारेको छ ? भन्ने कुरालाई नै अपुताली हक स्थापित गराउने निश्चयात्मक प्रमाण मान्न नसकिने । यस प्रकारका प्रमाण कहिले सांयोगिक रूपमा हात परेका हुन सक्ने भने कहिले सिर्जना गरिएका प्रमाणको रूपमा पनि देखा पर्ने । नजिकको नाता सम्बन्धका व्यक्ति छँदाछँदै र निजले मर्नेको अपुताली नपाउने कानूनबमोजिमको कारण नरहेको स्थितिमा पालनपोषण गरेको भन्ने हैसियतबाट तुलनात्मक रूपमा टाढाका नाताका मानिसले अपुताली हक प्राप्त गर्नका लागि पालनपोषण गरेको कुराको भरपर्दो प्रमाण पेस गर्नु अनिवार्य हुने र अन्य परिस्थितिहरूब