निर्णय नं. ११३३० - अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३३० - अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०७/२८ ३३१८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा । श्री कुमार चुडाल फैसला मिति: २०७९।०७।२८ ०७५-CR-२६३८ मुद्दाः अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी पुनरावेदक प्रतिवादी : विजुली यादवको छोरा जिल्ला सप्तरी विस्नु गाउँपालिका वडा नं । १ स्थायी घर भएको सन्तोषकुमार यादव विरूद्ध प्रत्यर्थी वादी : परिवर्तित नाम संगिताको जाहेरीले नेपाल सरकार बालविवाह भनेको उमेर नपुग्दै, वयस्क नहुँदै हुने विवाह भएकोले यस्तो अवस्थामा मानसिक, शारीरिक र भौतिक अवस्थासमेत परिपक्व भइसकेको नहुने । यस्तो विवाहमा दुवै पक्ष वा एक पक्ष मात्रको उमेर साबालक नभएको हुन सक्ने । बालविवाहले गर्दा बालबालिकाको मानसिक विकास, शारीरिक विकास र शिक्षामा समेत असर पुग्न जाने हुनाले हाम्रो कानूनी प्रणालीले समेत यस्तो विवाहलाई निषेध गरेको अवस्था एकातिर देखिन्छ भने अर्कोतर्फ कतिपय अवस्थामा आर्थिक एवं पारिवारिक परिस्थिति, धार्मिक वा अन्धविश्वासयुक्त सामाजिक परम्पराले गर्दासमेत बालविवाह हुनसक्ने पक्षलाई नजरअन्दाज गर्न पनि नसकिने । कतिपय बालविवाह आवेग वा मानसिक अपरिपक्वताको कारणबाट समेत हुन गएको पाइने । (प्रकरण नं । ११) बालविवाहमा पनि उमेर नपुगेको महिला वा पुरूषमा विवाहका उद्देश्य एवं रोहरीतबाट करणी लेनदेन भएको हुन सक्ने । यी दुवै अवस्थामा महिलाको उमेरको सन्दर्भ महत्त्वपूर्ण रूपमा उपस्थित भएको पाइने । धेरैजसो मुलुक र समाजमा महिलाको आभूषण, इज्जत प्रतिष्ठालाई निजको यौन पवित्रता (चस्तिती) एवं निजको यौनिक अधिकारसँग जोडिएको देखिने । यस्तो यौनिक अधिकारको पवित्रताको भङ्गीकरण वा करणी कार्य हुँदा निज महिलाको स्वतन्त्र सहमति (फ्री कोन्सेन्त्) अनिवार्य तत्त्वको रूपमा अङ्गिकार गरेको पाइने । के कुन अवस्थामा स्वतन्त्र सहमति हो होइन ? भन्ने सवालको महत्त्वपूर्ण निर्धारक तत्त्वमध्ये उमेरलाई पनि मानी आएको पाइन्छ र उमेर नपुगेको व्यक्ति सोच विचार गरी सहमति दिन योग्य नहुने मान्यता भएकोले त्यस्ता उमेर नपुगेका व्यक्तिको सहमतिलाई मान्यता नदिइने । (प्रकरण नं । १२) जबरजस्ती करणी र बालविवाहमा हुनसक्ने करणीका अवस्थामा उमेरको सन्दर्भ महत्त्वपूर्ण पक्ष भए तापनि अपराधका अन्य तत्त्वहरू मनसाय (मेन्स् रेअ) र आपराधिक कार्य (अक्तुस् रेउस्) आधारभूत र निर्धारक मानकको (मेअसुरिङ्ग रोद्) रूपमा रहेका हुने । जसले जबरजस्ती करणी र बालविवाहलाई छुट्याएको हुन्छ । आपराधिक कार्यको रोहबाट प्रस्तुत वारदात हेर्दा प्रतिवादीउपर अपहरण तथा शरीर बन्धक एवं जबरजस्ती करणीको अभियोग भए तापनि माथि प्रकरण प्रकरणमा विवेचना गरिएबमोजिम बालविवाह भई सामाजिक परिवेशमा पति पत्नीको रूपमा परिवार बनाई बसेको तथ्य स्थापित हुन आएको पाइने । साथै आपराधिक दुराशयको (मेन्स् रेअ) सन्दर्भबाट हेर्दा जबरजस्ती करणी क्रियामा अभियुक्तको उद्देश्य करणी गर्नमा सीमित रहन्छ भने बालविवाहका बखत हुन सक्ने करणी आपराधिक मनसाय नभई सामाजिक मान्यता, समाज विकासको आधारभूत पक्ष एवं शारीरिक आवश्यकता भएकोले विवाहित पति पत्नीको भावना साथ शारीरिक सम्पर्क रहेको हुन सक्ने । जबरजस्ती करणी (स्ततुतोरी रपे) र बालविवाह (चाईल्ड मऋअगे) मा हुनसक्ने करणीको उद्देश्य, पृष्ठभूमि, तयारी, कार्य र मान्यतामा नै आधारभूत रूपमा फरक रहन जाने हुनाले जबरजस्ती करणीलाई बालविवाहको सन्दर्भमा उमेर मात्रको आ