निर्णय नं. ११३३४ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३३४ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०३/२९ ९३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा आदेश मिति : २०७९।०३।२९ ०७२-WO-११५४ मुद्दाः उत्प्रेषणसमेत निवेदक : लमजुङ जिल्ला, चक्रतीर्थ गाउँ विकास समिति वडा नं । ५ घर भई हाल चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत (रा ।प ।द्वि ।प्रा ।) पदमा कार्यरत रामचन्द्र कँडेल विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसमेत निजामती सेवा ऐन, २०४९ को दफा २४घ१ को व्यवस्था समयबद्ध पदोन्नति (टाईम बोउन्द प्रोमोसन) को व्यवस्था हो । यो व्यवस्था लामो समयसम्म एउटै पदमा कार्यरत रहिरहँदा कर्मचारीमा नैराश्यताको भावना उत्पन्न हुन नदिनबाट रोक्न यस प्रकारको व्यवस्था गरिएको हुनाले निजामती कर्मचारीले त्यसरी बढुवा हुनुभन्दा अगाडिको पदमा बहाल रहँदा सम्पादन गरेको काम नै सम्पादन गर्नुपर्ने उल्लेख भएको भए तापनि ज्येष्ठताको हकमा अवधिको गणना गर्नुपर्दा बढुवा भएकै पदको गणना गरिने । त्यसरी बढुवा पाएका कर्मचारीहरूको सेवा अवधिलाई ज्येष्ठताको हकमा गणना गरिसकेपछि सोही अवधिमा गरिएको कार्यसम्पादन र भौगोलिक क्षेत्रमा काम गरेबापतको अङ्क गणना हुँदैन भन्न तार्किक र न्यायसङ्गत नहुने । निजामती सेवा ऐन, २०४९ को दफा २४ बमोजिम हुने बढुवा र दफा २४घ१ बमोजिम हुने बढुवाको कार्यविधि फरक देखिए पनि दुवै बढुवा नै हुन् । दफा २४घ१ बमोजिम बढुवा हुन पनि ऐनले तोकेको न्यूनतम शैक्षिक योग्यता र निश्चित सेवा अवधि पूरा गर्नैपर्ने बाध्यात्मक स्थिति रहेको हुँदा त्यसलाई फरक किसिमको बढुवा भनी नामाकरण गर्नसमेत उचित नहुने । निजामती कर्मचारीले कुनै पदमा बढुवा पाइसकेपछि त्यो बढुवा केवल तलब भत्ताको सुविधाको बढोत्तरी हो अन्य सुविधा अर्थात् कार्यसम्पादन मूल्याङ्कन र भौगोलिक क्षेत्रमा काम गरेबापतको अङ्क नपाउने गरी बढुवा भएको हो भनी अर्थ गर्न नमिल्ने । निजामती कर्मचारीले जुन मितिबाट बढुवा पाएको छ त्यही मितिबाट निजले बढुवा पाएको पदको तलब भत्तालगायतका ऐनबमोजिम वृत्ति विकासका लागि पाउने अन्य सुविधाहरू उपभोग गर्न पाउने नै हुँदा त्यस्ता सुविधाबाट वञ्चित हुने गरी आदेश जारी गर्न उपयुक्तसमेत नहुने । निजामती सेवा ऐन, २०४९ को दफा २४घ१ बमोजिम विशेष बढुवा पाएका निजामती कर्मचारीले सोही दफाको उपदफा (८) बमोजिम आफू कार्यरत रहेको भन्दा माथिल्लो श्रेणीको पदको निम्ति हुने सबै प्रकारको बढुवाको निम्ति प्रतिस्पर्धा गर्न पाउने । (प्रकरण नं । ५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या । सपना प्रधान मल्ल: नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनसहितको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ : तथ्य खण्ड निजामती सेवा ऐन, २०४९ को दफा २४ बमोजिम कार्यक्षमताको आधारमा हुने बढुवा र सो ऐनको तत्कालीन दफा २४घ१ बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनको आधारमा हुने बढुवा अलग अलग बढुवा समितिबाट उक्त दफाहरूमा तोकिएको सर्तहरूको अधीनमा रही हुने बढुवा हुन् । ऐ । ऐनको दफा २४ बमोजिम कार्यक्षमताको आधारमा बढुवा भएको पदमा बढुवा हुने कर्मचारीले बढुवा भएकै मितिदेखि सो पदमा बहाल भई आ