निर्णय नं. ११३३७ - आयकर (०६५ / ६६)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३३७ - आयकर (०६५ / ६६) भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/१०/१६ ९१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।१०।१६ ०७४-RB-०००३ मुद्दाः आयकर (०६५ / ६६) पुनरावेदक / विपक्षी : ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरको तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासक जगदीश रेग्मी विरूद्ध प्रत्यर्थी / निवेदक : काठमाडौं जिल्ला, सतुंगल स्थित श्री एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि. कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालन गर्न कानूनले निषेध गरेको पाइँदैन र व्यावसायिक सशक्तीकरणको लागि व्यवसायको प्रवर्द्धन अपरिहार्य रहेको मान्नुपर्ने । कुनै कानूनले व्यवसाय प्रवर्द्धनसम्बन्धी गतिविधिलाई निषेध नगरेको र आर्थिक ऐनले व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालनमा खपत भएका सामग्रीहरू पनि आकस्मिक लाभअन्तर्गत पर्ने भन्ने उल्लेख नगरेको अवस्थामा कर कार्यालयले दाबी लिएको आधारमा मात्र उक्त विषयलाई आकस्मिक लाभको विषय मान्न नमिल्ने । आर्थिक ऐन, २०६५ को दफा १७ ले कुनै चिठ्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै पनि माध्यमबाट कुनै व्यक्तिलाई नियमित तवरले नभई आकस्मिक तवरले लाभ प्राप्त भएको हुनुपर्ने । Training, seminar र conference सञ्चालनमा खपत भएका सामग्री आफैँमा कुनै लाभ हो भन्न मिल्ने पनि देखिँदैन भने उक्त कार्यमा को कुन व्यक्तिले के कुन लाभ प्राप्त गर्यो भन्ने पनि खुल्न सकेको नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थी / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री तुलसी भट्ट र विद्वान् अधिवक्ता श्री नारायण नेपाल अवलम्बित नजिर : सम्बद्ध कानून : आर्थिक ऐन, २०६५ सुरू तहमा निर्णय गर्ने निकाय : महानिर्देशक, श्री टंकमणि शर्मा ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर पुनरावेदन तहमा फैसला गर्ने निकाय : अध्यक्ष, श्री दिपक कुमार कार्की लेखा सदस्य, श्री भोलाप्रसाद खकुरेल राजस्व सदस्य, यज्ञबल्क उपाध्याय राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ तथा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:- तथ्य खण्ड करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले आ.व.२०६५/०६६ को आय विवरण आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार करयोग्य नोक्सानी रू.५०,०९,७५०।– (पचास लाख नौ हजार सात सय पचास रूपैयाँ) कायम गरी ठुला करदाता कार्यालय, ललितपुरमा मिति २०६६।०९।३० मा पेस गरेका रहेछन् । प्रस्तुत करदाताको यस आ.व.२०६५।०६६ को सम्बन्धमा आयकर ऐन, २०५८ बमोजिम कट्टी गर्न नपाउने खर्चहरू दाबी भएको र व्यवसायको मुनाफा र लाभतर्फ गणना हुनुपर्ने रकम समावेश भएको नदेखिएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित करयोग्य नोक्सानी कायम गर्नुपर्ने भएको हुँदा सोबमोजिम गर्न नपर्ने कुनै ठोस सबुद प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१ (६) बमोजिम करदाताका नाममा ठुला करदाता कार्यालय, ललितपुरबाट मिति २०६८।०३।०१ मा जारी गरेको र पुनः फ्याक्समार्फत मिति २०६८।०३।०९ मा बुझाएको संशोधित कर निर्धारणको सू