निर्णय नं. ११३४२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३४२ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०९/१९ १९५९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा आदेश मिति : २०८०।९।१९ ०८०-WF-०००३ मुद्दा : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं । ११ त्रिपुरेश्वरस्थित कर्पोरेट अफिस भएको आदर्श पोलिप्लाष्टिक प्रा ।लि । तथा आफ्नो हकमा समेत ऐ ।ऐ । कम्पनीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक ऐ ।ऐ । बस्ने सज्जनकुमार चाचन विरूद्ध प्रत्यर्थी : महालेखा परीक्षकको कार्यालय, बबरमहल, काठमाडौंसमेत महालेखा परीक्षकबाट लेखापरीक्षणपश्चात् जारी गरिएका रायसहितको लेखापरीक्षण प्रतिवेदन वा वार्षिक प्रतिवेदन नीतिगत सिफारिस (पोलिसी रेकोम्मेन्डटीओन्) वा परामर्श (कोन्सुल्तसन) को रूपमा हुने नभई आर्थिक कारोबार, अर्थ अनुशासन वा वित्तीय उत्तरदायित्व कायम गर्नका लागि अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने प्रकृतिको हुने । महालेखा परीक्षक आर्थिक सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउने निकाय भएकाले यसको रायलाई सम्बन्धित कार्यालयको लागि बाध्यात्मक प्रकृतिको रहेको मान्नुपर्ने । (प्रकरण नं ।१२) महालेखा परीक्षकको प्रतिवेदन स्वतः कार्यान्वित हुने प्रकृतिको दस्ताबेज नभई सम्बन्धित कार्यालयका लेखा उत्तरदायी अधिकृत, जिम्मेवार व्यक्तिहरूमार्फत मात्र कार्यान्वयन हुने प्रकृतिको देखिएकाले महालेखा परीक्षकले लेखापरीक्षण गरी प्रतिवेदन तयार गर्दाका बखतमा नभई असुलउपर गरिनुपर्ने बेरूजु औंल्याइएपश्चात् कानूनबमोजिम असुलउपर गर्ने जिम्मेवारी भएको कार्यालयबाट असुलउपरको काम कारबाही गर्दाका बखत सो बेरूजुको रकम दाखिला गर्नुपर्ने दायित्व रहेको व्यक्ति, संस्था वा कम्पनीलाई प्राकृतिक न्यायको सिद्धान्तबमोजिम सुनुवाइको मौका दिनुपर्ने । (प्रकरण नं ।२३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रमणकुमार कर्ण प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली र विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल अवलम्बित नजिर : ने ।का ।प ।२०५४, अङ्क १, नि ।नं ।६३०८ ने ।का ।प ।२०६६, अङ्क ८, नि ।नं ।८२१३ ने ।का ।प ।२०६८, अङ्क १०, नि ।नं ।८६९४ ने ।का ।प ।२०७४, अङ्क ५, नि ।नं ।९८०६ ने ।का ।प ।२०७८, अङ्क १, नि ।नं ।१०६३८ सम्बद्ध कानून : नेपाल सरकार वैधानिक कानून, २००४ नेपालको अन्तरिम शासन विधान, २००७ नेपाल अधिराज्यको संविधान, २०१५ नेपालको संविधान, २०१९ नेपाल अधिराज्यको संविधान, २०४७ नेपालको अन्तरिम संविधान, २०६३ नेपालको संविधान लेखापरीक्षण ऐन, २०४८ तथा २०७५ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ आर्थिक कार्यविधि ऐन, २०५५ आर्थिक ऐन, २०८० भन्सार ऐन, २०६४ आदेश न्या ।हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ तथा १३३ को उपधारा (२) र (३) बमोजिम दायर भई यस अदालतको संयुक्त इजलासबाट मिति २०८०।०३।२५ मा भएको आदेशानुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) को (ग) बमोजिम पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड प्रचलित कानूनबमोजिम स्थापित एवं सञ्चालित कम्पनीले आफ्नो स्वीकृत व्यावसायिक उद्देश्यअनुरूपको उत्पादनको निमित्त चाहिने आवश्यक कच्चा पदार्थको भन्सार उपशीर्षक २८३६५० ।०० मा पर्ने कल्किउम कारबोनते पैठारी गरी ल्याएकोमा विपक्षी भन्सार कार्