निर्णय नं. ११३४३ - निखनाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३४३ - निखनाई पाऊँ भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०९/२६ २३०० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल आदेश मिति : २०८०।९।२६ ०७५-NF-००२२ मुद्दाः निखनाई पाऊँ पुनरावलोकनकर्ता वादी : जिल्ला रूपन्देही, रोइनिहवा गा ।वि ।स । वडा नं । ४ को हाल परिवर्तित सम्मरी माई गाउँपालिका वडा नं ।५ बस्ने कोमलको छोरा अयोध्या यादव विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला रूपन्देही, असुरैना गा ।वि ।स । वडा नं । १ को हाल परिवर्तित सम्मरी माई गाउँपालिका वडा नं ।६ बस्ने सीताराम चमार खेतीयोग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिँदैमा एक अर्काको सन्धिसर्पन पर्ने भनी सम्झनु वा अर्थ गर्न नमिल्ने । सन्धिसर्पनको लागि जुन ठाउँ वा जग्गाको उपयोग वा प्रयोगविना त्यससँग जोडिएको अर्को ठाउँ वा जग्गाको उपयोग हुन नसक्ने अवस्था आवश्यक हुने । सन्धिसर्पन पर्नको लागि एउटा जग्गा नभई अर्को जग्गामा आवतजावत निकास बाटो बन्द हुन वा पानी लाग्ने लगाउने खेतीलगायतका अन्य कार्य गर्न नपाउने अवस्था हुनुपर्ने । ऐनले साँध जोडिएको जग्गा निखन्न पाउने व्यवस्था गरेको नभई सन्धिसर्पन परेको जग्गा निखन्न पाउने कानूनी व्यवस्था गरेको हुँदा अदालतबाट भएको नक्सा मुचुल्काबाट जग्गाको पूर्व र पश्चिमतर्फबाट उत्तर दक्षिण समानान्तर रूपमा बाटो निकास रहेको देखिएको अवस्थामा साँध जोडिएकोले सन्धिसर्पन परेको भन्न नमिल्ने । (प्रकरण नं ।७) जग्गा निखनाई पाउनको लागि दाबी लिने वादीले दाबीको जग्गा सन्धिसर्पन पर्ने स्पष्ट आधार नदेखाई केवल साँध सिमाना मिलेको भन्ने मात्र आधारले निखनी लिन नपाउने । निखनाई पाउने हक तब मात्र सिर्जना हुन्छ जब कुनै व्यक्तिको घर वा जग्गाको कारणबाट साँध जोडिएका व्यक्तिको घर वा जग्गामा कुनै न कुनै प्रकारले निकास अवरूद्ध भएको हुनुपर्ने । (प्रकरण नं ।८) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री इन्द्र खरेल तथा विद्वान् अधिवक्ताद्वय श्री गोमा सुवेदी र श्री सपना सुवेदी अवलम्बित नजिर : ने ।का ।प ।२०७८, अङ्क ११, नि ।नं ।१०७७६ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिप्रताप के ।सी । रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती पुनरावेदन अदालत बुटवल यस अदालतमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला न्या ।कुमार रेग्मी : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।०१।१९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११ उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकन हुने अनुमति प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः मुद्दाको संक्षिप्त तथ्य म फिरादी र विपक्षी प्रतिवादीमध्येका दिपक यादव एकाघरका दाजु भाइ भई हामीबिच मिति २०६०१०१४ मा र ।नं । ६९९४ बाट बन्डापत्र हुँदा जिल्ला रूपन्देही असुरैना गा ।वि ।स । वडा नं । १(क) कि ।नं । ८५३ को ज ।वि । १-३-३ मध्ये उत्तरतर्फ ज ।बि ।०-१२-८१४ मेरा नाममा कि ।न