निर्णय नं. ११३४४ - मूल्य अभिवृद्धि कर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३४४ - मूल्य अभिवृद्धि कर भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/१०/१६ १९१४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८०।१०।१६ ०७७-NF-००३५ मुद्दाः मूल्य अभिवृद्धि कर (०६४-०६७) पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महनगरपालिका, वडा नं.५ भाटभटेनीमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. स्थायी लेखा नं.३००१४२०८४ को तर्फबाट अख्तियार प्राप्त काभ्रे जिल्ला, बनेपा नगरपालिका, वडा नं.५ बस्ने वर्ष ३३ को अधिवक्ता अर्चना सुवाल विरूद्ध वादी : महानिर्देशक, आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंसमेत कर छली गर्ने मनसायले कर विवरण पेस भएको अवस्थामा हदम्यादको सीमा नतोकिनु विधायिकी मनसाय नै रहेको देखिने । कानूनमा भएको अपवादात्मक व्यवस्था वा विशेष व्यवस्थालाई विधायिकाको अन्तिम आशयको रूपमा लिइने । कुनै कानूनमा एकै दफामा सामान्य र विशेष गरी दुई फरक प्रावधान राखिएको देखिएमा विशेष कानूनी व्यवस्था मान्य (overriding effects) हुन्छ र यसले सामान्य कानूनी प्रावधानलाई निष्क्रिय वा शङ्कुचित गराउँछ भन्ने मान्यता राख्ने । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४) ले कानूनको सामान्य व्यवस्थाअन्तर्गत कर अधिकृतले निश्चित अवधि चार वर्षभित्र कर निर्धारण गर्नुपर्ने कर्तव्यलाई इङ्गित गरेको देखिने भने उपदफा (४क) को व्यवस्था भनेको हदम्यादको अपवादात्मक विशेषाधिकारयुक्त व्यवस्था हो अर्थात् कर छलीलाई नियन्त्रण गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागलाई सुम्पिएको विशेष जिम्मेवारीअन्तर्गत जहिलेसुकै पनि कर निर्धारण गर्न मिल्ने । (प्रकरण नं.४) करदाताले पेस गरेको विवरण यो कारणले म्यादभित्र नरहेको, यो यस कारणले अधुरो र त्रुटिपूर्ण रहेको, यो कारणले झुठ्ठा रहेको वा करको कम रकम देखाएको वा ठिक नभएको, न्यून बीजकीकरण गरेको, बीजक जारी नगरी बिक्री गरेको, दर्ता नगरी कर उठाएको वा कारोबार गरेको भन्नेलगायतका आधारहरू प्रमाणबाट कर अधिकृतले नै स्थापित गर्नुपर्ने । कर अधिकृतको यो प्रमाणको भारसम्बन्धी दायित्व निरपेक्ष कानूनी दायित्व नभई स्वयंकर निर्धारण प्रणालीअन्तर्गत करदातालाई सुम्पेको कानूनी दायित्वको सापेक्षतामा परिभाषित गर्नुपर्ने दायित्व हो भनी मान्नुपर्ने । (प्रकरण नं.८) तिरेको कर र बिक्रीमा सङ्कलन गरेको कर मिलान गरी फरक हुन आउने कर रकम अप्रत्यक्ष करको रूपमा रहेको मूल्य अभिवृद्धि करको भार वहन अन्ततोगत्वा उपभोक्ताले नै गर्ने । मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने दर्तावाल व्यक्तिको अहम् दायित्व खरिद बिक्रीको कारोबार रकम तथा खरिदमा तिरेको कर र बिक्रीमा सङ्कलन गरेको करको मासिक हिसाब राखी स्वयं कर निर्धारण गरी उपभोक्ताले तिरेको कर राज्यकोषमा दाखिला गर्नुपर्ने । व्यापारिक वस्तु वा सामानको खरिद बिक्री गर्ने व्यक्ति आफैँले मूल्य अभिवृद्धि कर तिर्ने नभएर कारोबारको हरेक तहमा भएको बिक्रीको मूल्यअनुसार अभिलेख राखी सङ्कलन भएको कर दाखिल गर्ने सहजकर्ताको भूमिका मात्र निर्वाह गर्ने । दोहोरो करको अवस्था आउन नदिन व्यापारिक वस्तु वा सेवा खरिद गर्ने व्यक्ति फर्म वा कम्पनीले तिरेको कर आफूले त्यस्तो वस्तु वा सेवा बिक्री गर्दा उपभोक्तासँग कर उठाएपछि करकट्टी गर्न पाउने । करदाताले मूल्य अभिवृद्धि करमा दर्ता नभएको फर्म वा व्यक्तिसँग खरिद गरेको बीजक