निर्णय नं. ४३५४ - नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३५४ - नाता कायम भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/०४ ४४२७ निर्णय नं. ४३५४ ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको फौ.पु.इ.नं. २९ फैसला भएको मिति: २०४९।९।४।५ मा निवेदक/वादी : झापा जिल्ला शरणमणी गा.वि.स.वडा नं. ८ बस्ने मनहरी उप्रेती विरुद्ध विपक्षी/प्रतिवादी : झापा जिल्ला गरामनी गा.वि.स.वडा नं. ९ बस्ने खगेन्द्र उप्रेती मुद्दा : नाता कायम (१) विवादग्रस्त कुरामा न्यायिक मनको प्रयोग गरी विवादको टुंगो लगाउने किसिमले भएको निर्णयलाई फैसला भएको मान्न पर्ने । (प्रकरण नं. १३) (२) वादीले फिरादमा अ.बं. ३६ नं. अनुसार फिराद दिएको व्यहोरा उल्लेख गरेकै देखिएको हुँदा र शुरु जिल्ला अदालतले पनि फिराद दर्ताकै अवस्थामा दरपिठ गरी दिएको नभई मुद्दा फैसला हुने समयमा नाता कायम तर्फको दावीमा निर्णय दिन नमिल्ने भन्ने आधारमा फिराद खारेज गरेको हुँदा जिल्ला तथा अञ्चल अदालत नियमावलीको नियम २६ अनुसार ७ दिन भित्रै अर्को फिराद दिनु पर्ने भन्ने प्रतिवादीतर्फको जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १४) (३) अ.बं. ३६ नं. मा ऐनमा हदम्याद नलेखिएकोमा जहिलेसुकै नालिश दिए पनि लाग्न सक्ने व्यवस्था गरेकोले ऐनमा भएको उक्त व्यवस्थालाई प्रचलनले काट्छ भन्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल फैसला न्या.त्रिलोकप्रताप राणा १. श्री ५ महाराजा (साविक पेज नं. ४७८) धिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।१०।१८।१ मा खगेन्द्र उप्रेतीसंगको नाता कायम मुद्दामा भएको फैसला दोहर्‍याई पाउँ भनी निवेदक मनहरी उप्रेतीले न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तिपत्र र सो सम्बन्धमा न्यायिक समितिले चढाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट उक्त मुद्दा दोहर्‍याई हेरी कानुन बमोजिम गर्ने हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट मिति २०४५।४।३० मा लेखी आए बमोजिम पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. सम्वत् १९९९ सालमा विपक्षीसंग मेरो आमा इन्द्रा भन्ने चित्ररेखाको विवाह भएको थियो । विपक्षीकै वीर्यबाट दाजु मोहनलाललाई जन्माई त्यसपछि विपक्षीकै वीर्यबाट गर्भ रही करिब ५ महीनाको गर्भ बोकी आमा हरिमान सिटौलासंग पोइल गइछन् । सिटौलाकै घरमा म जन्मेछु । विपक्षी खगेन्द्र मधेसतिर हुँदा नामाकरण गर्न बाजे नरप्रसाद, तीन पुस्ता भित्रका अंश बण्डा बाबु, नागेन्द्र उप्रेतीले पानी समाई नामाकरण धर्मशास्त्र र ऐन कानुन अनुसार गरेछन् । म ५ वर्ष हुँदा खगेन्द्रको जिम्मा दिएछन् । विपक्षी खगेन्द्रको घरमा छोरा होस् भनी स्वीकार गरी बस्तै जाँदा सौतेनी आमासंग नमिली म भिन्न बस्छु भन्दा विपक्षीले दाजु मोहनलाल समेतलाई हात लिई घरबाट निस्की तँ मेरो छोरा होइन्स भनी बेइज्जती गरेकोले गाली बेइज्जती, जालसाज र नाता कायम गरी पाउँ भन्ने विपक्षी खगेन्द्र उपर फिराद दिएकोमा अ.बं. ७२ नं. ले एउटै फिराद नलाग्ने हुँदा जालसाज र गाली बेइज्जती नठहर्ने नाता कायमतर्फ इन्साफ दिन नमिल्ने हुँदा खारेज हुने भनी फैसला भएकोले अदालती बन्दोवस्तको ३६ नं. ले नाता कायम तर्फ ज