निर्णय नं. ११३५० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३५० - जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०७/१७ ११६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।७।१७ ०७६-CR-०९०३ मुद्दा:- जबरजस्ती करणी प्रत्यर्थी प्रतिवादी : परिवर्तित नाम ५१(ख) पिपराको जाहेरीले नेपाल सरकार विरूद्ध पुनरावेदक वादी : जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं ।४ बस्ने बहादुर मनिहारको छोरा वर्ष ३९ को मोहम्मद अलि मनिहार कानूनमा अन्य नाताको व्यक्तिका बिचमा करणी गर्नेलाई सजायको व्यवस्थासमेत हाडनाता करणीको महलमा गरेको देखिएको र आफ्नै श्रीमतीले अघिल्लो लोग्नेबाट जन्मिएको छोरीलाई साथमा ल्याई सँगसाथै बसेको र संरक्षकत्वसमेत प्रदान गरेकोमा आफ्नै छोरी नभए तापनि सँगसाथ ल्याएकी आफ्नै श्रीमतीको छोरीलाई करणी गरेको अवस्थामा अन्य नाताका बिचमा करणी गरेको मान्नुपर्ने । यसरी आफ्नै सँगसाथ तथा संरक्षकत्वमा बस्ने आफ्नै श्रीमतीले अघिल्लो लोग्नेतर्फबाट जन्मेका छोरीलाई करणी गर्दा हाडनाता हुँदैन भन्नु कानूनको सही र सान्दर्भिक व्याख्या हुन नसक्ने । सौतेनी आमा छोराबिच करणी भएकोमा कानूनको व्याख्या भएको तर सौतेनी छोरीका हकमा कानून मौन भएकोमा मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं । मा भएको अन्य नाताभित्र सौतेनी बाबु छोरी परेको अर्थमा बुझ्नुपर्ने । (प्रकरण नं ।५) प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विनोद श्रेष्ठ पुनरावेदक वादीका तर्फबाट : अवलम्बित नजिर : ने ।का ।प ।२०६३, अङ्क ४, नि ।नं ।७६८२ सम्बद्ध कानून : सुरू फैसला गर्ने अदालतः- मा । जिल्ला न्यायाधीश श्री भरतमणि खनाल कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री दयानाथ खरेल माननीय न्यायाधीश श्री दिपेन्द्रबहादुर बम उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या ।सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : तथ्य खण्ड जिल्ला कपिलवस्तु साबिक वाणगंगा नगरपालिका १० हाल वाणगंगा नगरपालिका ४ स्थित पूर्वमा जितपुर ४ नं । तौलिहवा सडक खण्ड पश्चिम डाजहेडा वाणगंगा नं ।४ को नगरपालिका कार्यालय जाने भित्री सडक खण्ड उत्तर पुनक घर दक्षिणमा रिता खत्रीको घर यति चार किल्लाभित्र पश्चिम मोहोडा फर्केको ३ वटा कोठा भएको नावुप्रसाद थारूको कच्ची घर सो घरको दुवैतर्फको कोठामा पुरानो डस्ना कपडा भुइँमा विच्छ्याई आफ्नै छोरी परिवर्तित नाम डोट पिपरालाई जिल्ला कपिलवस्तु वलरामपुर गा ।वि ।स ।६ घर भई हाल वाणगंगा ४ बस्ने वर्ष अ ।३५३६ को महोमद अलि मनिहारले जबरजस्ती करणी गरेको घट्नास्थलमा भनी देखाएको घटनास्थल चार किल्लासहितको विवरण ठिक साँचो छ भन्नेसमेत बेहोराको घटनास्थलको मुचुल्का । बृएफ हिस्टोरी ओफ थे इन्किदेन्त्, अस् स्टार्ट ब्य एक्जामइनी ओफ गुअर्दिअन (होव्, व्हेन्, व्हेरे अन्द व्हाट हद हप्पेनेद ? इन थे अब्सेन्के ओफ मदर, हेर स्तेप फादर हस् दोने फीसिकल अस्सेत ब्य मकिङ नकेद तो थे दौघ्तेर इन थे कोर्नेर ओफ रूम । ठेरे वस् नो पेनल पेनेत्रसन बुत थे वलुए वस् स्वेल्ल्स् अन्द कोङेस्तेद । मिति २०७४।०३।०२ गते अं ।११:०० बजेको समयमा म बुटवलबाट सामान खरिद गरी आफू बस्ने कोठाको भित्र पुग्दा विस्ताराबाट छोरी उठी कट्टु लगाउँदै गरेको र श्रीमान्‌ले स