निर्णय नं. ११३५३ - जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३५३ - जालसाज भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०३/११ २२१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।३।११ ०६६-CR-०८२४ मुद्दा : जालसाज पुनरावेदक वादी : केशर यादवको छोरा सप्तरी जिल्ला, नेगडा गा ।वि ।स । वडा नं । ४ बस्ने राम सुन्दर यादव विरूद्ध प्रत्यर्थी प्रतिवादी : सप्तरी जिल्ला, पोर्ताहा गा ।वि ।स । वडा नं । ४ बस्ने महेन्द्रप्रसाद यादवसमेत नेपालमा अन्य देशजस्तो इच्छापत्र वा वसियतनामा लेख्ने व्यवस्था नभए तापनि मुलुकी देवानी संहिता, २०७४ को दान तथा बकससम्बन्धी व्यवस्थाले केही हदसम्म वसियतात्मक (तेस्तामेन्टअरी) अधिकारलाई मान्यता दिएको निष्कर्ष गर्नु अनुचित नदेखिने । शेषपछि खाने गरी इच्छापत्र वा बकसपत्र गरिदिएको अवस्था नरहेमा कुनै व्यक्तिको मृत्युपछि निजको सम्पत्तिको हक नजिकको हकवालामा कानूनबमोजिमको प्राथमिकताक्रमअनुसार सर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ अनुरूप अपुताली खुला भएको सम्पत्ति नै अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) रहेको देखिने । (प्रकरण नं ।१२) हिन्दु कानूनी प्रणालीसमेतले अङ्गीकार गरेको हकवाला नभएको मृतकको सम्पत्ति राज्य वा सरकारमा सर्ने अवधारणा (दोक्तृने ओफ एस्चेअत्) लाई मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ मा समावेश गरिसकेकोमा मृतकको हकवाला नभएको स्थितिमा निजको सम्पत्तिबाट भए साहुको रकम तिरी बाँकी रहेको जग्गासहितको सम्पत्तिको हक तथा स्वामित्व सम्बन्धित स्थानीय तहमा सर्नेमा विवाद गरिरहनु नपर्ने । (प्रकरण नं ।१३) मुलुकी ऐन, अपुतालीको महलको २ नं । को देहाय २ तथा १६ नं ।बमोजिम अपुतालीको सम्पत्ति हकवाला नभएमा वा भए पनि निजले अपुताली नलिएमा नेपाल सरकारको नाममा कायम हुने भनी उल्लेख भएकोमा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८(१) बमोजिम कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने । (प्रकरण नं ।१६) पुनरावेदक वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदी प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ प्रमाण ऐन, २०३१ नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दिपककुमार कार्की पुनरावेदन अदालत राजविराज फैसला न्या ।हरिप्रसाद फुयाल : पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।३।११ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा वादीको तर्फबाट पुनरावेदन दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड यसमा अनारवती यादवनीले मिति २०५५।८।१५ मा म सँग रू । ८०,०००- कर्जा लिई भाखाभित्र साँवा ब्याज नबुझाएकोले मैले २०६० सालको सा ।दे ।न । २०२२ को लेनदेन मुद्दा सप्तरी जिल्ला अदालतमा दायर गर्दा अनारवती यादवनीको नामको म्याद गा ।वि ।स । सचिव हरिनारायण यादवको रोहबरमा मिति २०६०।१०।५ मा निज अनारवती यादवनीको घर दैलामा टाँसी म्याद तामेल भई निजले वादी दाबीला