निर्णय नं. ११३५५ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३५५ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ भाग: ६६ साल: २०८१ महिना: माघ अंक: १० फैसला मिति :२०७९/११/१८ २०४४ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय का ।मु ।प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।११।१८ मुद्दाः जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ । ०७९-DF-०००२ पुनरावेदक वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ बस्ने टुमनाथ बास्तोला विरूद्ध प्रत्यर्थी प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ बस्ने शालिकराज आचार्यसमेत ०७९-DF-०००३ पुनरावेदक प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ स्थित नेपाली सेना फुलबारी ब्यारेक श्री देवीदत्त गणको हाल ऐ ।ऐ । स्थित नेपाली सेना फुलबारी ब्यारेक नयाँ गोरखगणको तर्फबाट अधिकारप्राप्त गणपति प्रमुख सेनानी प्रयागराज भण्डारी विरूद्ध प्रत्यर्थी वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ बस्ने टुमनाथ बास्तोला कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्ने । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्त गरेको हुनुपर्ने । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्ने । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्नुपर्ने । नापीका समयमा पर्ती जनिएकोमा उक्त पर्ती जनिएका उपर कुनै उजुर गरी आफ्नो भन्ने प्रमाण पेस गरी आफ्नो नाउँमा दर्ता कायम गर्न नसकेको विवादित जग्गा लामो अवधिसम्म अटुटरूपमा भोग गर्नेका नाममा दर्ता हुन आएको र उक्त दर्ता कानूनसङ्गत नै देखिने । (प्रकरण नं ।९) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री गोविन्दप्रसाद शर्मा पौडेल, श्री ईश्वरीप्रसाद भट्टराई र श्री विश्वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद अधिकारी प्रतिवादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी तथा विद्वान् अधिवक्ताहरू प्रा ।डा । श्री अमित प्याकुरेल, श्री राजकुमार रंजित, श्री दिपक बास्तोला अवलम्बित नजिर : ने ।का ।प ।२०७६, अङ्क ५, नि ।नं ।१०२७५ सम्बद्ध कानून : जग्गा (नाप जाँच) ऐन, २०१९ मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भोलानाथ चौलागाई कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री शिवराज अधिकारी पुनरावेदन अदालत पोखरा यस अदालतमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी । माननीय न्यायाधीश डा । श्री कुमार चुडाल फैसला न्या ।डा ।मनोजकुमार शर्मा : तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बिचमा रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) को देहाय (क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा संवत् १