निर्णय नं. ११३५६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३५६ - उत्प्रेषण / परमादेश भाग: ६६ साल: २०८१ महिना: माघ अंक: १० फैसला मिति :२०८०/०४/११ १७८८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०८०।४।११ ०८०-WF-०००१ विषयः उत्प्रेषण / परमादेश निवेदक : कोशी प्रदेश, नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता जिल्ला झापा, गौरादह नगरपालिका वडा नं.३ बस्ने हिक्मतकुमार कार्की विरूद्ध प्रत्यर्थी : माननीय पर्शुराम खापुङ्ग, प्रदेश प्रमुख, प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश विराटनगरसमेत संविधानमा सभामुखले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा समर्थन जनाउन हुँदैन भनी किटानी रूपमा उल्लेख गरिएको नभए पनि निजले मत दिन पाउने सीमित अवस्थाका सम्बन्धमा नेपालको संविधानको धारा १८६, धारा १८२ को उपधारा (७) मा रहेको प्रकृतिको अपवाद स्वरूपको प्रावधानले सभामुखलाई त्यस प्रकारको अधिकार वा अनुमति प्रदान गरेको नदेखिने । सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न नमिल्ने । सभामुखले सभामुखको भूमिकामा सीमित रहनुपर्ने । (प्रकरण नं.११) संविधानको धारा १६८ को उपधारा (२), (३) तथा धारा १८८ को उपधारा (२) को बनौटलगायत संवैधानिक अभ्यासको दृष्टिले हेर्दा पनि सरकार गठनका लागि उक्त धारा १६८(२) बमोजिमको विकल्प रहेसम्म सो विकल्प अपनाउनु नै मनासिब हुने । संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको विकल्प संविधानसम्मत तवरबाट अपनाउँदा सो प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त हुन नसकेमा वा नियुक्त भए पनि निजले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने । जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउनु मनासिब हुने भएकाले विवादित विषयका सन्दर्भमा अहिलेको अवस्थामा संविधानको धारा १६८(२) बमोजिम सरकार गठन गर्नु नै संविधानसम्मत हुने । संविधानको धारा १६८ को उपधारा (२) को प्रक्रिया नै त्रुटिपूर्ण देखिएको अवस्था हुँदा प्रस्तुत विवादमा उपधारा (२) बमोजिमको प्रक्रिया सुरू गर्नु संविधानको शब्द, मर्म र भावनाअनुकूल हुने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री टीकाराम भट्टराई, श्री उषा मल्ल पाठक, डा. श्री सुरेन्द्र भण्डारी, डा. श्री कुमार शर्मा आचार्य, श्री माधवप्रसाद बास्कोटा, श्री कृष्णभक्त पोखरेल, श्री महेश नेपाल, श्री ईश्वरीप्रसाद भट्टराई, श्री रविनारायण खनाल, श्री सानुराज पोखरेल, श्री केदारप्रसाद दाहाल, श्री अमर थापा तथा विद्वान् अधिवक्ताहरू डा. श्री भिमार्जुन आचार्य, श्री भोजराज आचार्य, श्री अमर थापा, श्री केदारप्रसाद कोइराला, श्री रत्नकुमार खरेल, श्री ताराकुमार श्रेष्ठ, श्री कृष्णकुमार आङदेम्बे, श्री रविन्द्रकुमार ढुङ्गाना, श्री राधिका खतिवडा, श्री खिनादेवी ढकाल, श्री मुकुन्द अधिकारी, श्री देवराज खरेल, श्री आशिष उप्रेती, श्री क्रान्ति भट्टराई, श्री कृपा पोखरेल, श्री गुरूभक्त निरौला, श्री विष्णुप्रसाद खनाल, श्री सुजन राई, श्री उपेन्द्र रावत, श्री देवराज कार्की, श्री राजाराम घिमिरे प्रत्यर्थीका तर्फबाट : विद्वान् महान्यायाधिवक्ता डा. श्री दिनमणी पोखरेल, विद्वान् नायब महान्य