निर्णय नं. ११३५९ - प्रतिलिपि अधिकार उल्लङ्घन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३५९ - प्रतिलिपि अधिकार उल्लङ्घन भाग: ६६ साल: २०८१ महिना: माघ अंक: १० फैसला मिति :२०८०/०२/२८ १२३० सर्वोच्च अदालत‚ संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।२।२८ मुद्दा: प्रतिलिपि अधिकार उल्लङ्घन ०७२-CR-१७६३ पुनरावेदक प्रतिवादी : नन्दराज भट्टराईको छोरा जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं ।१० घर भई हाल जिल्ला ललितपुर इमाडोल गाउँ विकास समिति वडा नं । ८ बस्ने गोपाल कृष्ण भट्टराईसमेत विरूद्ध प्रत्यर्थी वादी : तनहुँ जिल्ला रूपाकोट गाउँ विकास समिति वडा नं । ३ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं । १० बानेश्वर बस्ने पुष्कर जोशीसमेतको जाहेरीले नेपाल सरकार ०७२-CR-१७७० पुनरावेदक प्रतिवादी : टेकबहादुर शाहको छोरा जिल्ला अर्घाखाँची डिभर्ना गाउँ विकास समिति वडा नं । ५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं । ३३ मैतिदेवी बस्ने भोजबहादुर शाहसमेत विरूद्ध प्रत्यर्थी वादी : तनहुँ जिल्ला रूपाकोट गाउँ विकास समिति वडा नं ।३ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ।१० बानेश्वर बस्ने पुष्कर जोशीसमेतको जाहेरीले नेपाल सरकार रचयिताको रचना रचयिताको प्रतिबिम्ब हुने । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले नै रचयिताको आर्थिक र नैतिक अधिकारको ग्यारेन्टी गरेको देखिने । रचयिताको आर्थिक अधिकार कायम नरहनु र नैतिक अधिकार कायम रहनु दुई फरक विषय हुने । आर्थिक अधिकार हस्तान्तरण भए तापनि रचयिताको कामको जन्मदाता (पातेर्निती मतेर्निती) को हैसियतले निजको नैतिक अधिकार निजमा नै रहिरहने । प्रतिलिपि अधिकारमा नैतिक अधिकार प्राप्त व्यक्तिको हैसियतले निजको व्यक्तित्व र मर्यादाको अधिकारसमेत रहने । यस अधिकारभित्र रचयिताको उत्पादन सिर्जनाको अनैतिक प्रयोग वा दुरूपयोगबाट संरक्षणको अधिकारसमेत पर्ने । नैतिक अधिकार स्वाभाविक रूपमा नैतिक प्रकृतिको हुने । जब कुनै नैतिक गल्ती हुन्छ, त्यसको उपचार दण्डात्मक उपायहरूमा नभई नैतिक सुधार (मोरल रेफोर्म्) र पुनर्स्थापना (रेस्टओरसन) मा हुने । (प्रकरण नं ।११) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, श्री सुरेन्द्रकुमार खड्का र श्री कमलेश सुवेदी वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी तथा विद्वान् अधिवक्ता श्री राजकुमार सुवाल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ प्रतिलिपि अधिकार ऐन, २०५९ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भोजराज अधिकारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द पुनरावेदन अदालत पाटन फैसला न्या ।सपना प्रधान मल्ल : साबिक न्याय प्रशासन ऐन‚२०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परी सोही ऐनको दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- संक्षिप्त तथ्य हामी जाहेरवालाहरू लेखक भई रचना गरेको ग्रम्मर फोर कोम्मुनिकसन बूक्-२ नामक पुस्तकको ले-आउट डिजाइन विनेश चौधरी, रचना चित्र, उमेश अधिकारी, पाण्डुलिपि न्यू नेपाल पब्लिकेशन प्रा ।लि ।का मनोज सत्याललाई सो किताबको प्रकाशन, बिक्री वितरण गर्