निर्णय नं. ११३६० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३६० - कर्तव्य ज्यान भाग: ६६ साल: २०८१ महिना: माघ अंक: १० फैसला मिति :२०८०/०९/१२ १२६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा । श्री नहकुल सुवेदी फैसला मिति : २०८०।९।१२ मुद्दा:- कर्तव्य ज्यान ०७७-CR-०३२९ पुनरावेदक वादी : जगदिशप्रसाद यादवको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : दर्पी दासको छोरा, जिल्ला सिराहा, गोलबजार नगरपालिका, वडा नं ।६ बस्ने कमलदेब दाससमेत ०७७-RC-००५० वादी : जगदिशप्रसाद यादवको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : सूर्यनारायणको छोरा साबिक जिल्ला सिराहा, पिप्रा प्र ।पि । गा ।वि ।स ।, वडा नं ।७ घर भई हाल जिल्ला मोरङ, विराटनगर महानगरपालिका, वडा नं ।१० बस्ने राकेशकुमार यादवसमेत ०७९-FN-११३४ (पुनरावेदनसरहको निवेदन) निवेदक प्रतिवादी : सत्यनारायण साहको छोरा जिल्ला सप्तरी, मौवाहा गा ।वि ।स ।, वडा नं । ९ हाल परिवर्तित सप्तरी जिल्ला, बोदेबरसाइन नगरपालिका, वडा नं । ८ घर भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेका जितेन्द्रकुमार साह विरूद्ध प्रत्यर्थी वादी : जगदिशप्रसाद यादवको जाहेरीले नेपाल सरकार अभियोगपत्रमा दाबी लिएभन्दा फरक कसुर ठहर गर्दा वा फरक दफाबमोजिम सजाय गर्दा अदालत आफैँले वादीको स्थान लिन पुग्ने भएकाले त्यसतर्फ अदालत सजग रहनु उचित मानिने । तथापि अभियोग दाबीबमोजिमको कसुरमा प्रमाणको परीक्षण हुँदै जाँदा सो कसुर स्थापित नभई सोही प्रमाणबाट अन्य कुनै दोस्रो कसुर स्थापित भएको देखिएमा केवल अभियोगपत्रमा सो कसुरको दाबी नलिएकै आधारमा प्रमाणबाट पुष्टि भएको तथ्यलाई नजर अन्दाज गर्नु न्यायको रोहमा उचित मान्न नसकिने । प्रतिवादीले प्रचलित कानूनले निषेध गरेको अन्य कसुर गरेको पुष्टि हुन्छ भने अभियोग दाबीको कसुर पुष्टि नभएका आधारमा प्रमाणले पुष्टि भएका कसुरसमेत ठहर गर्न इन्कारी गर्नु वा माग दाबीभन्दा भिन्न दफाबाट सजाय गर्न इन्कार गर्नु अन्ततः न्यायको इन्कारी गर्नुसरह हुने । अभियोगदाबीभन्दा ठुलो वा गम्भीर कसुर ठहर गर्नु वा अर्को कानूनी व्यवस्था वा अर्को दफाबमोजिम सजाय गर्दा अभियोगपत्रमा दाबी लिएभन्दा बढी सजाय गर्नु भने फौजदारी न्यायको मान्यताअनुकूल मान्न नसकिने । एउटा दफाबमोजिमको अभियोगदाबी भएकोमा अर्को दफाबमोजिमको कसुर ठहर गर्न वा अभियोग दाबी बराबर वा सोभन्दा कम सजाय गर्न प्रचलित कानून तथा फौजदारी न्यायको मूल्य मान्यताका आधारमा समेत बाधा नदेखिने । (प्रकरण नं ।९) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री अच्युतमणी न्यौपाने प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल, विद्वान् अधिवक्ताहरू श्री थीरबहादुर कार्की, श्री सरला मोक्तान र श्री तुलबहादुर श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री राजुकुमार खतिवडा मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल उच्च अदालत विराटनगर फैसला न्या ।डा ।नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) तथा १० बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन तथा साधकको रोहमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः संक्षिप्त तथ्य जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं ।१३ स्थित पूर्वमा शान्ति मार्ग, पश्चिममा प्रदिप भगतको खाली जग्गा, उत्तरमा शैलेश ढुंगेलको घर र