निर्णय नं. ११३६३ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३६३ - बन्दीप्रत्यक्षीकरण भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११ फैसला मिति :२०८०/०७/२३ ३३१२ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री विनोद शर्मा आदेश मिति : २०८०।७।२३ ०७९-WF-०००७ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं । ११ घर भई हाल कारागार कार्यालय नख्खु, ललितपुरमा थुनामा रहेको पासाङ तामाङ उर्फ सन्दीप पाठक भन्ने मिलन लामा विरूद्ध विपक्षी : उच्च अदालत पाटनसमेत फौजदारी कसुरमा कसुरदारलाई सजाय कार्यान्वयन गर्दा कसुर गर्दाको समयमा प्रचलित कानूनभन्दा सजाय कार्यान्वयनको समयमा घटी सजाय हुने गरी कानूनी व्यवस्था भएको अवस्थामा घटी सजाय नै कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं ।१२) प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ को उपदफा (२) र साबिक मुलुकी ऐन, दण्ड सजायको ४१ नं । को उक्त प्रतिबन्धात्मक वाक्यांशको कानूनी व्यवस्थाअनुसार कसुर गर्दाको समय र अवस्थाबमोजिम तोकिएका खासखास अवस्थाहरूमा मात्र एकपछि अर्को (कोन्सेकुतिवेली) कैद भुक्तान गर्नुपर्ने भन्ने देखिने । (प्रकरण नं ।४९) कैद खापी सजाय गर्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र स्पष्ट तोकिएको अवस्थामा बाहेक कैद खाप्न नहुने कुरालाई फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ को समग्र कानूनी व्यवस्थामा आत्मसात् गरिएको पाइने । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ को उपदफा (१) मा कसुर कायम भई कैद सजाय भोगिरहेकाको हकमा दफा ३६ (२) को केही विशेष अवस्थामा बाहेक अर्को कसुर कायम भई सोबापत सजाय गर्दा साथ साथै एकैपटक (कोन्कुर्‍एन्त्ली) भुक्तान हुने भन्ने र कुनै कसुरमा कैदको सजाय पाएको व्यक्तिले त्यस्तो सजाय भुक्तान नहुँदै अर्को सजाय भएमा एकपछि अर्को सजाय हुने व्यवस्था रहेबाट ऐ । ऐनको दफा ३६ को उपदफा (२) लाई पहिलो कसुरमा सजाय भोग्नुअघि अर्को कसुरबापत सजाय भएको अवस्था भनी बुझ्नुपर्ने । अन्यथा विधायिकाले ऐ ।ऐनको दफा ३६(१) र (२) को व्यवस्था नै गर्ने थिएन । तसर्थ ऐ । ऐनको दफा ३६ को समग्रतालाई विचार नगरी केवल सो दफा ३६ को उपदफा (२) लाई मात्र टिपेर अलग राखी त्यसैको मात्र अर्थ लगाउँदा दफा ३६ को समग्र कानूनी व्यवस्था तथा सजायको उद्देश्यको अन्तरनिहित उद्देश्य पराजित हुने । (प्रकरण नं ।६३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामनारायण विडारी तथा विद्वान् अधिवक्ताहरू श्री माधव बस्नेत, श्री पदम रोका र श्री मुकुन्द न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी तथा विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : ने ।का ।प ।२०४१, अङ्क ३, नि ।नं ।१९४२ ने ।का ।प ।२०४१, अङ्क ९, नि ।नं ।२१०८ ने ।का ।प ।२०४१, अङ्क ८, नि ।नं ।२८३१ ने ।का ।प ।२०४३, अङ्क ११, नि ।नं ।२९०६ ने ।का ।प ।२०४४, अङ्क ८, नि ।नं ।३१८१ ने ।का ।प ।२०४५, अङ्क ४, नि ।नं ।३४१३ ने ।का ।प ।२०७४, अङ्क ७, नि ।नं ।९८४६ ने ।का ।प ।२०७६, अङ्क ९, नि ।नं ।१०३६० सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर