निर्णय नं. ११३६४ - बकसपत्र लिखत बदर गरी अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३६४ - बकसपत्र लिखत बदर गरी अंश नामसारी भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/१०/१९ २५५५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।१०।१९ ०७८-NF-००१७ मुद्दा:- बकसपत्र लिखत बदर गरी अंश नामसारी पुनरावेदक वादी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं ।१० हाल परिवर्तित बुटवल उपमहानगरपालिका वडा नं ।१० बस्ने भैरवबहादुर श्रेष्ठ (मल्ल) को छोरा प्रभातकुमार मल्लको श्रीमती नन्दा मल्लको वारेस भई आफ्नो हकमा समेत ऐ ।ऐ । बस्ने प्रभातकुमार मल्लको छोरा पवनकुमार मल्ल विरूद्ध विपक्षी प्रतिवादी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं ।१० हाल परिवर्तित बुटवल उपमहानगरपालिका वडा नं ।१० बस्ने भैरवबहादुर श्रेष्ठ मल्लको मु ।स । गरी आफ्नो हकमा समेत ऐ ।ऐ । को श्रीमती निर्मला श्रेष्ठ २०४६ सालको बन्डापत्रबाट प्राप्त सम्पत्ति शेषपछिको बकसपत्र तथा दाखेल खारेजलगायतका प्रक्रियाबाट आफ्नो नाउँमा ल्याई उपभोग गर्ने तर बन्डापत्रलाई स्वीकार नगर्ने भन्न नमिल्ने । बन्डापत्रको परिणामलाई स्वीकार गरेपछि बन्डापत्रको बेहोरालाई पनि स्वीकार गरेको मान्नुपर्ने । (प्रकरण नं ।५) अंश मुद्दामा मूलतः सबै अंशियारहरूले बन्डापत्रमा सगोलको पैतृक सम्पत्ति नरमगरम मिलाई समानुपातिक रूपमा पाए नपाएको तर्फ न्यायोचित दृष्टिकोणले हेर्नुपर्ने । वादीले पाएको सम्पत्ति र अन्य अंशियारहरूले पाएको सम्पत्तिको प्रकृति र परिणामसमेत सालाखाला नरमगरम मिलेको देखिएको स्थितिमा बन्डापत्रमा उल्लेख गरिएको बेहोरा नै खम्बिर हुने । (प्रकरण नं ।६) पुनरावेदक वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हर्कबहादुर भट्टराई र श्री बाबुराम गिरी तथा विद्वान् अधिवक्ता श्री आशिकराम कार्की विपक्षी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गोकर्ण सिंह थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा । जिल्ला न्यायाधीश श्री कमलराज विष्ट रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल माननीय न्यायाधीश श्री नीलम पौडेल पुनरावेदन अदालत बुटवल यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी । माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला न्या ।नहकुल सुवेदी : यस अदालतको मिति २०७६।०९।१५ गतेको फैसलाउपर वादीको तर्फबाट मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को (क) र (ख) बमोजिम पुनरावलोकनको अनुमति प्राप्त भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– तथ्य खण्ड भैरवबहादुरका दुई श्रीमतीमध्ये जेठी स्व । कमला श्रेष्ठ (मल्ल) र कान्छी विपक्षी निर्मला श्रेष्ठ (मल्ल) हुनुहुन्छ । भैरवबहादुर र कमला मल्लको सहवासबाट जन्मेको छोरा म प्रभातकुमार मल्ल हुँ । विपक्षी कान्छी आमा निर्मला श्रेष्ठबाट कुनै जायजन्म भएको छैन । आमा कमला श्रेष्ठको परलोक भइसकेकोले हाल म फिरादीसमेत ३ जना अंशियार छौं । विपक्षीहरूले म फिरादीलाई खान लाउनमा पक्षपात गर्ने, सम्पत्ति हिनामिना गर्नुभएकाले मिति २०६७।७।२७ मा विपक्षी प्रतिवादीलाई मेरा छोराछोरीलाई इज्जत आमदअनुसार खान लाउन दिनुहोस् नदिए अंश दिनुहोस्‌ भन्दा खान लगाउनसमेत दिँदैनौं जहाँ जे गर्ने हो गर भन्‍ने जवाफ दिएकोले के क