निर्णय नं. ४३५५ - हक कायम लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३५५ - हक कायम लिखत बदर भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०८/२४ २८२९ निर्णय नं. ४३५५ ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.इ. नं. ८३ फैसला भएको मिति : २०४८।८।२४।३ मा पुनरावेदक/वादी : जिल्ला चितवन, गाउँ विकास समिति रत्ननगर वडा नं. २ बस्ने क्षेत्रनारायण मल्लसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने निजानन्द मल्लसमेत मुद्दा : हक कायम लिखत बदर (साविक पेज नं. ४८२) (१) वादी दावीको भनाईलाई मात्र आधार मानी वादीहरुको समेत हक लाग्ने भन्न न्यायको दृष्टिमा नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी निर्णयार्थ पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. विपक्षी मध्ये निजानन्द मल्ल एकाघर सगोलका छोरा तथा दाजु हुन् निजानन्दका नाममा दर्ता रहेको जग्गा चितवन नारायणगढ गा.पं. वडा नं. ४(क) कि.नं. ४१८ को क्षेत्रफल ०–१९–१६ मध्ये ज.वि. ०–०–१८ मैले आफ्नो सम्पत्तिले खरिद गरी मेरै हक रही मैले भोग गरी आएको उल्लेखित जग्गा केदारराज जोशीलाई मोल रु. १०,०००।– जाने जति जग्गा भनी उल्लेख गरी ०४०।५।१४ मा छोडपत्र गरी लिनु दिनु गरेकोले विपक्षी निजानन्दको मात्र एकलौटी हकको नभई हामीहरुको जम्मा ४ भागमा ३ भागमा पर्ने मोल रु. ७,५००।– को हुन आउने ज.वि. ०–०–१२ ३/४ को हदसम्मको छोडपत्र लिखत बदर गरी उक्त जग्गामा हामीहरुको हकको हक कायम गरी विपक्षीहरुलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको क्षेत्रनारायण मल्ल समेतको संयुक्त फिरादपत्र । ३. यो छोडपत्र गरी दिएको जग्गा निजानन्दको स्वआर्जनको हुनाले सगोलको भन्ने वादी दावी झुठ्ठा एवं कानुनी आधारविनाको हुनाले ऐन बमोजिमको इन्साफ भई वादीहरुको माग दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी केदारराज जोशीको प्रतिउत्तरपत्र । ४. मैले दिएको छोडपत्रमा मेरो आफ्नो पैसाले खरिद गरी लिई हक भोग चलनमा रही आजसम्म मैले भोग गरी आएको उल्लेखित जग्गा छोडपत्रमा गरी दिएको हुँ भन्ने मैले उल्लेख गर्न लगाएको होइन केदारराज जोशी आफैंले लेख्न लगाएका हुन वादी समेत हामी चारैजनाको बराबर हक अंश लाग्ने हो भन्ने समेत व्यहोराको निजानन्द मल्लको प्रतिउत्तरपत्र । ५. स्वआर्जनको जग्गामा मञ्जूरी लिन पर्दैन भन्ने सिद्धान्त समेत भएको र यिनै वादी प्रतिवादीको दे.नं. १७० को मुद्दामा वादी दावी नपुग्ने ठहरी आजै निर्णय भएकोले यसमा पनि लिखत बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन, भन्ने समेत व्यहोराको मिति २०४१।२।२१।१ को चितवन जिल्ला अदालतको फैसला । ६. उपरोक्त अनुसार गरी हामीलाई हराई गरेको चितवन जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी सुफत हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको क्षेत्रनारायण मल्ल समेतले नारायणी अञ्चल अदालतमा दिएको संयुक्त पुनरावेदनपत्र । ७. लिखत बदर गरिपाउँ भन्ने समेत वादी दावी पुग्न नसक्ने ठहराई छिनेको इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१