निर्णय नं. ११३६६ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३६६ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११ फैसला मिति :२०८१/०४/१७ १४८६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल आदेश मिति : २०८१।४।१७ ०७८-NF-०००९ मुद्दा : उत्प्रेषणसमेत निवेदक / प्रत्यर्थी : राष्ट्रिय बिमा संस्थान, रामशाहपथ, काठमाडौंसमेत विरूद्ध प्रत्यर्थी / रिट निवेदक : सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं. ९ घर भई राष्ट्रिय बिमा संस्थान रामशाहपथ, काठमाडौंमा आठौं तहमा कार्यरत शान्ता पोखरेल भट्टराईसमेत कुनै पनि कानून अवैध घोषित नभएसम्म वैध हुने । सो कानूनबमोजिम भए गरेका निर्णय एवं काम कारबाहीहरू पनि संवैधानिक एवं कानूनी प्रश्न उठी बदर नहुँदासम्म स्वतः वैध मानिने । प्रश्न उठी बदर गर्नुपरेमा पनि जुन विषयमा प्रश्न उठी बदर गर्नुपरेको हो सो हदसम्म मात्र बदर गर्नु मनासिब हुने । नियुक्ति पाई परीक्षणकालसमेत समाप्त भई संस्थानमा कार्यरत अन्य कर्मचारीहरूको हकमा कुनै विवाद नै नभएको अवस्थामा संस्थानबाट भए गरेका सम्पूर्ण निर्णय एवं काम कारबाहीहरू बदर गर्नु न्यायसङ्गत नहुने । तत्काल प्रचलित कानूनसम्मत निर्णय एवं काम कारबाहीलाई मान्यता प्रदान गर्नु न्यायोचित हुने । (प्रकरण नं.१७) राष्ट्रिय बिमा संस्थानद्वारा तत्काल प्रचलित कानूनबमोजिम विज्ञापन भई उक्त विज्ञापनबमोजिम लोक सेवा आयोगबाट सञ्चालित खुला प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी नियुक्ति पाई संस्थानमा सेवारत कर्मचारीहरूले परीक्षणकालसमेत पूरा गरिसकेको अवस्थामा निजहरूको नियुक्तिलगायतका सम्पूर्ण काम कारबाहीसमेत बदर गर्नु अन्यायपूर्ण हुन जाने । (प्रकरण नं.१९) तत्काल कायम रहेको कानून वैध छ भन्ने अपेक्षाको आधारमा सम्पन्न भइसकेको प्रक्रियालाई पछि उक्त कानूनलाई बदर गर्दा सोले दिनसक्ने पश्चात्दर्शी असरको सम्बन्धमा विचारै नगरी संस्थानबाट भइसकेका सम्पूर्ण निर्णय एवं काम कारबाहीहरूसमेत बदर गर्ने गरी भएको संयुक्त इजलासको आदेश न्यायिक सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिने । (प्रकरण नं.२१) निवेदक / प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई एवं विद्वान् अधिवक्ताहरू श्री कृपा पोखरेल र अशोक चापागाई प्रत्यर्थी / रिट निवेदकका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७८, अङ्क १, नि.नं.१०६३८ ने.का.प.२०७३, अङ्क ७, नि.नं.९६२६ ने.का.प.२०७१, अङ्क २, नि.नं.९११८ ने.का.प.२०६२, अङ्क ९, नि.नं.७५९७ ने.का.प.२०६८, अङ्क ७, नि.नं.८६४४ ने.का.प.२०६८, अङ्क १, नि.नं.८५३३ ने.का.प.२०५९, अङ्क ११, नि.नं.७१४८ सम्बद्ध कानून : नेपालको संविधान केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ न्याय प्रशासन ऐन, २०७३ राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० संयुक्त इजलासबाट फैसला गर्नेः- मा.न्या.श्री दीपककुमार कार्की मा.न्या.श्री हरिप्रसाद फुयाल आदेश न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम यस अदालतको संयुक्त इजलासबाट मिति २०७७।११।१० मा भएको फैसला पुनरावलोकन गरिपाउँ भनी राष्ट्रिय बिमा संस्थानसमेतको तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट पुनरावलोकनको अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छः- तथ्य खण्ड हामी निवेदकहरू राष्ट्रिय बिमा संस्थानमा स्थायी नियुक