निर्णय नं. ११३६७ - कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३६७ - कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/११/१५ २२७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।११।१५ मुद्दाः- कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक ०७४-CR-००८६ पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा देउरी परवाह गा.वि.स. वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने सन्तोषकुमार पण्डित विरूद्ध प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार ०७४-CR-००८७ पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी लक्ष्मीनिया गा.वि.स. वडा नं. ८ भरतपुर घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने जगदिश ठाकुरको छोरा रामजी ठाकुर विरूद्ध प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार ०७४-CR-०४०८ पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही गा.वि.स. हरिपुर्वा वडा नं. ८ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुशी बस्ने गनेसी ठाकुरको छोरा धर्वेन्द्र ठाकुर विरूद्ध प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार ०७४-CR-०५२१ पुनरावेदक / प्रतिवादी : जिल्ला तनहुँ स्याम्घा गा.वि.स. वडा नं. ३ घर भई काठमाडौं जिल्ला इचङ्गुनारायण गा.वि.स. वडा नं.६ तिनघरे बस्ने लालबहादुर दुराको छोरा आशिष दुरा विरूद्ध प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार ०७४-CR-०९३६ पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी निगौल गा.वि.स. वडा नं. ७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने नारायण ठाकुरको छोरा भोला भन्ने देवेन्द्र ठाकुर विरूद्ध प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार ०७४-CR-१५३६ पुनरावेदक / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला महोत्तरी निगौल गा.वि.स. वडा नं. ७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने भोला भन्ने देवेन्द्र ठाकुरसमेत कसुरको अवस्थालाई जरियाको सिद्धान्त (Doctrine of Causation) को सन्दर्भमा हेर्दा प्रतिवादीहरूले अपहरण गरी लगेको कार्यकै परिणामस्वरूप मृतकको मृत्यु हुन पुगेको अवस्था भए जरियाको सिद्धान्त (Doctrine of causation) आकर्षित हुनेतर्फ विचार गर्न सकिने । किनभने Doctrine of Causation को सिद्धान्त “a man can only be held liable for the consequences of his actions” भन्ने मान्यतामा आधारित हुन्छ । जरियाको सिद्धान्त (Doctrine of Causation) स्थापित हुन मुख्य गरी Factual Causation र Legal Causation बिचको सम्बन्ध स्थापित हुनुपर्ने । अभियुक्तले गरेको कसुरजन्य कार्यको chain of causation भङ्ग भएको देखिन्छ भने पछिल्लो कसुरबापतको दायित्व अभियुक्तले बेहोर्नु नपर्ने । (प्रकरण नं.१६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुवर्णमान बनेपाली प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल, श्री रामप्रसाद भट्टराई तथा विद्वान् अधिवक्ताहरू श्री रामप्रसाद ढुङ्गेल, श्री विरेन्द्रप्रसाद साह, श्री रामप्रसाद ढुङ्गेल, श्री भिमप्रसाद धिमाल, श्री दिपेन्द्र अधिकारी, श्री वीरेन्द्र कुमार ठाकुर र श्री सहदेव झा अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई सं