निर्णय नं. ११३६८ - जबरजस्ती करणी र मानव बेचबिखन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३६८ - जबरजस्ती करणी र मानव बेचबिखन भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११ फैसला मिति :२०८१/०१/२४ २२६८ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०८१।१।२४ ०७६-CR-०७७९ मुद्दा:- जबरजस्ती करणी र मानव बेचबिखन पुनरावेदक / वादी : परिवर्तित नाम, थर, सङ्केत नं. ६६ शक्तिनगर L को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया मगरागाडी गाउँ विकास समिति वडा नं. ८ रम्भापुर बस्ने कालिप्रसाद थारूको छोरा बस्ने सुसिसकुमार थारूसमेत मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने । ओसारपसार कुन उदेश्यले गरिएको छ सो पनि हेर्नुपर्ने । कसुरमा बेचबिखनको वा शोषणको वा वेश्यावृत्तिको उद्देश्य भएमा मात्र मानव बेचबिखन तथा ओसारपसारमा कारबाही हुने । तर विवाहको निमित्त गरिएको ओसारपसारलाई मानव बेचबिखनको निमित्त गरिएको ओसारपसारअन्तर्गतको कसुर मान्न नसकिने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् सहायक न्यायाधिवक्ता श्री श्याम उप्रेती प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री किरणकुमार पोखरेल बर्दिया जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई पाउने अनुमति प्राप्त गरी यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- संक्षिप्त तथ्य मिति २०७३।०५।२० गते मेरी छोरी वर्ष १४ की सङ्केत नं.६६ शक्तिनगर (क) लाई प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई ललाइफकाइ गरी, डर, त्रास देखाई, करकापमा पारी प्रतिवादी सुसिसकुमार थारूसँग विवाह गराई निज प्रतिवादी सुसिसकुमार थारूले आफ्नो घरमा लगी मिति २०७३।०५।२० गतेदेखि मिति २०७३।०५।२५ गतेसम्म लगातार जबरजस्ती करणी गरी मिति २०७२।०५।२६ गते राति ०२:०० बजेको समयमा निज छोरीलाई घरमा नल्याई नाला पुलनजिक छोडेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरी मेरी नाबालिका छोरीलाई सो घटनाबाट पर्ने गएको शारीरिक मानसिक क्षतिको समेत मूल्याङ्कन गरी उचित क्षतिपूर्तिसमेत भराइपाउँ भन्नेसमेत बेहोराको सङ्केत नं. ६६ शक्तिनगर L को जाहेरी दरखास्त । मिति २०७३।०५।२० गते बिहान अन्दाजी १०:०० बजेको समयमा घाँस काट्ने भनी खेततिर जाने क्रममा प्रतिवादी फुलवसनी थारू, साबित्री थारू र रूपा थारूले मलाई प्रतिवादी फुलवसनी थारूको घरमा बोलाई खाना खान्न भन्दाभन्दै जबरजस्ती खाना खुवाई तिमीलाई राम्रो हुन्छ । काम पनि गर्नु पर्दैन भनी डर, त्रास, धाक, धम्कीसमेत देखाई प्रतिवादी सुसिसकुमार थारूलाई बोलाई निजसँग विवाह गर्नुपर्छ भनी जबरजस्ती प्रतिवादीको साइकलमा बसाली प्रतिवा