निर्णय नं. ११३६९ - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३६९ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११ फैसला मिति :२०८०/१२/१४ १८४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८०।१२।१४ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार ०७५-CR-२१४७ पुनरावेदक / प्रतिवादी : रामचन्द्र पाध्याको छोरा, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं.२ देविस्थान घर भई हाल कारागार कार्यालय कास्कीमा थुनामा रहेको अर्जुनप्रसाद शर्मा विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित जिल्ला ६४ बस्ने परिवर्तित नाम सुनिताको जाहेरीले नेपाल सरकार ०७५-CR-२५९१ पुनरावेदक / वादी : परिवर्तित जिल्ला ६४ बस्ने परिवर्तित नाम सुनिताको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रामचन्द्र पाध्याको छोरा, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं.२ देविस्थान बस्ने अर्जुनप्रसाद शर्मा अदालतको न्यायिक अभ्यासको रोहमा हेर्दा मानव बेचबिखनको कसुर ठहर हुन मानिसलाई बिक्री गर्ने उद्देश्य हुनुपर्ने, स्वदेशको एक स्थानबाट अर्को स्थान होस् वा विदेश नै लगेको किन नहोस् तर बिक्री गर्ने उद्देश्यले नै लगेको प्रमाणित हुनुपर्ने । वेश्यालयमा लगी बिक्री गर्ने वा वेश्यागमन गरेको अर्थात् आर्थिक फाइदा लिनेसमेत उद्देश्यले वेश्यालयमा पुर्‍याएको अवस्थाका साथै मानव अङ्ग जस्तै किड्नी आदि बेच्ने कार्यलाई समेत मानव बेचबिखनको कसुर मान्नुपर्ने । मानव बेचबिखन र ओसारपसार दुई फरक कसुर भएको र कतिपय अवस्थामा यी दुवै कसुर सँगसँगै आउने भए पनि एकको अनुपस्थितिमा पनि अर्को कसुर हुन सक्ने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री प्रमोद रेग्मी, श्री सुमनकुमार के.सी. र श्री रोचक रेग्मी प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल अवलम्बित नजिर : ने.का.प.२०७९, अङ्क ७, नि.नं.१०९१२ ने.का.प.२०७९, अङ्क ६, नि.नं.१०८९२ ने.का.प.२०७९, अङ्क ३, नि.नं.१०८३१ ने.का.प.२०७८, अङ्क ११, नि.नं.१०७७२ ने.का.प.२०७८, अङ्क १०, नि.नं.१०७६५ ने.का.प.२०७८, अङ्क ७, नि.नं.१०७०२ ने.का.प.२०७७, अङ्क १२, नि.नं.१०६१७ ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०४१२ ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०४१० ने.का.प.२०७६, अङ्क ५, नि.नं.१०२६६ ने.का.प.२०७६, अङ्क २, नि.नं.१०१९३ ने.का.प.२०७५, अङ्क २, नि.नं.९९५८ ने.का.प.२०७२, अङ्क ११, नि.नं.९४९६ सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ वैदेशिक रोजगार ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री सूर्यप्रसाद पराजुली कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री बालचन्द्र शर्मा उच्च अदालत पोखरा फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर खण्ड यसप्रकार रहेको छः तथ्य खण्ड कास्की पोखरा-६ स्थित होटलमा काम गर्दै आएकी मेरी छोरी वर्ष १९ की परिवर्तित नाम पोखरा-७ लाई अर्जुनप्रसाद शर्मासमेतले राम्रो जागिर लगाइदिन्छु, भनी लोभ प्रलोभन देखाई तथा भर विश्वासमा पारी मिति २०७३।०५।०१ गते बेलुका काम गरेको होटलबाट लिई गई भारतसम्म पुर्‍याई छोरी सम्पर्कविहीन गराई मानव बेचबिखन गरेको हुँदा निजलाई पक्राउ गरी हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम सुनिताले दिएको मिति २०७३।०६।०६ को जाह