निर्णय नं. ११३७१ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३७१ - बहुविवाह भाग: ६६ साल: २०८१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८१/०१/०६ ११९६७ सर्वोच्च अदालत, बृहत्‌ पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।१।६ ०७६-CF-०००९ मुद्दा : बहुविवाह पुनरावेदक / वादी : चन्दा रोकाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रूपेन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं.३ खजहना बस्ने सञ्जीव रोका बहुविवाहसम्बन्धी कसुर सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची-१ अन्तर्गतको कसुर भएको हुँदा जोसुकैले जहिलेसुकै पनि बल्ल थाहा पाएँ भनी जाहेरी दिन पाउने र अपराध अनुसन्धान तहकिकात गर्ने निकायले जाहेरी परेपछि मात्र अपराध भए घटेको थाहा पाएको भनी मान्ने हो भने हदम्याद असीमित हुन पुग्ने । मुलुकी ऐन, बिहाबरीको महलको ११ नं. द्वारा निर्दिष्ट गरिएको हदम्यादसम्बन्धी प्रावधान निस्तेज भई जोसुकैले जहिलेसुकै नालिस गर्न सक्ने अवस्था सिर्जना हुने हुँदा हदम्यादसम्बन्धी विधायिकी मनसायको प्रतिकूल हुने । (प्रकरण नं.१०) न्याय प्रणाली तथा सामाजिक प्रचलनसमेतलाई विचार गर्दा वैवाहिक सम्बन्ध प्रकाशमा आएको अवस्थामा थाहा पाएको भनी मान्नुपर्ने । थाहा पाउने व्यक्ति सर्वप्रथमत: नजिकको नाता सम्बन्धभित्रका पारिवारिक व्यक्ति नै हुने हुँदा पतिले दोस्रो विवाह गरेको तथ्य निकटतम पारिवारिक सम्बन्धमा रहने पहिलो पत्नी, छोराछोरीहरूलगायतको परिवारलाई थाहा हुने, त्यसपछि समाज अनि राज्यलाई थाहा जानकारी हुने । हालसम्म थाहा हुन नसक्ने न्यायोचित आधार वा कारण के थियो, सो स्पष्ट हुनुपर्ने र त्यस्तो अवस्था प्रमाणहरूबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं.१५) साबिकको मुलुकी ऐनबमोजिम बहुविवाह कसुर कायम भए पनि दोस्रो विवाह यथावत् कायम रही रहने तर हाल प्रचलित मुलुकी फौजदारी संहिता, २०७४ ले दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था गरेको सन्दर्भमा मुलुकी अपराध संहिताअन्तर्गत बहुविवाहसम्बन्धी कानूनको उद्देश्य कसुरदारलाई सजायसम्म गर्नेमा मात्र सीमित भएको हुँदा हदम्यादसम्बन्धी कानूनको व्याख्यामा फरक नपर्ने । मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम पनि बहुविवाह मुद्दामा हदम्यादको गणना गर्दा विवाह प्रकाशमा आई जाहेरवालाले थाहा पाएको मितिबाट नै गणना गर्नुपर्ने । (प्रकरण नं.२३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ताद्वय श्री गोपालप्रसाद रिजाल र श्री सञ्जीवराज रेग्मी, विद्वान् सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल तथा विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाशबहादुर के.सी. तथा श्री सानुराज पोखरेल र विद्वान् अधिवक्ताहरू श्री केदार कोइराला, श्री भोजराज आचार्य, श्री रविन्द्र ढुङ्गाना, श्री कोपिला बस्नेत, श्री जयलाल भण्डारी, श्री अञ्जन धिताल र डा.श्री कुन्साङ लामा अवलम्बित नजिर : ने.का.प.२०६३, अङ्क ५, नि.नं.७६९४ ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७१६ ने.का.प.२०७६, नि.नं.१०१७८ सम्बद्ध कानून : मुलुकी फौजदारी संहिता, २०७४ मुलुकी देवानी संहिता, २०७४ मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ अपराध पीडित संरक्षण ऐन, २०७५ फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रश