निर्णय नं. ११३७४ - शेषपछिको बकसपत्र लिखत बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३७४ - शेषपछिको बकसपत्र लिखत बदर हक कायम भाग: ६६ साल: २०८१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/११/२३ ९७५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।११।२३ ०७१-CI-०५०० मुद्दाः शेषपछिको बकसपत्र लिखत बदर हक कायम पुनरावेदक प्रतिवादी : केशवप्रसाद शर्माकी पत्नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। ४ धुम्बाराही बस्ने सकुन्तला जोशी शर्मा विरूद्ध प्रत्यर्थी वादी : नवलपरासी जिल्ला, अमरौट गा।वि।स। वडा नं। २ ऐचावल गाउँ बस्ने सुदर्शनदेव जोशी वृद्ध अवस्थाका पिताले आफ्नो पालनपोषण, हेरचाह गर्ने छोरीलाई आफ्नो शेषपछि खाने गरी आफ्नो हक पुग्ने केही सम्पत्ति बकसपत्र गरिदिएको कुरालाई अनुचित र कानूनप्रतिकूल कार्य भनी मान्न नमिल्ने । आफ्नो अंश हक पुग्न सक्नेमध्येको सम्पत्तिबाट छोरीलाई शेषपछिको बकसपत्र लिखत गरिदिँदा छोराको मन्जुरी लिनुपर्ने कानूनी अनिवार्यता रहेको समेत नदेखिने । बकसपत्र गर्ने निज बाबुको इच्छा वा स्वविवेकको पनि अर्थ र महत्त्व रहने । छोरा भएकै नाताले बाबुको सम्पत्तिमा यान्त्रिक तवरबाट स्वत: हक स्थापित नहुने । सम्पत्ति प्राप्तिको हकसँग सामाजिक सांस्कृतिक धार्मिक आदि कर्तव्य पनि जोडिएको हुने । जीवित छउन्जेल वास्ता नगर्ने छोराले बाबु मरेपछि केवल काजक्रिया गरेको कारण देखाई निजको सबै सम्पत्तिमा स्वत: हक पुग्ने दाबी गर्नु पनि मनासिब नदेखिने । बाबुको मृत्यु भएपछि काजकिरिया गर्नु पुत्र-धर्म वा सन्तानको कर्तव्यको विषय हो । धार्मिक वा संस्कारजन्य यस प्रकारको कर्तव्य निर्वाह गरेको कारणबाट मात्र मृतकको सम्पत्तिउपर हक स्थापित भएको मान्न नमिल्ने । (प्रकरण नं।३) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री तिलप्रसाद गौतम र श्री जगदिशचन्द्र पाण्डे प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री पुरूषोत्तमराज खकुरेल र श्री नवराज तिमिल्सिना अवलम्बित नजिर : ने।का।प।२०६६, अङ्क ३, नि।नं।८११० ने।का।प।२०६८, अङ्क ५, नि।नं।८६२२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री राजेन्द्र खरेल नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी पुनरावेदन अदालत बुटवल फैसला न्या।ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा स्व। पिता डोलदेव जोशीको एक मात्र श्रीमती आमा जमुना कुमारीको गर्भबाट २ छोरा र ५ छोरीहरूको जन्म भएकोमा छोराहरूमा जेठा शंकरदेव जोशी र कान्छो म फिरादी हुँ । छोरीहरू सबैजनाको विवाह भइसकेको छ । दाजु शंकरदेव मिति २०२११०९ मा अंश लिई अलग बसेपछि मिति ०६५२११ मा मृत्यु भएको तथा आमा जमुना कुमारीको पनि मिति २०५१५१७ मा मृत्यु भएपछि स्व। पिता र म फिरादी मात्र एकासगोलमा रही बसी स्व। पिताको रेखदेख सेवा टहल गरी आएको र पिताको मिति २०६५११३ मा मृत्यु भएपछि मैले नै पिताको काजकिरिया गरेको थिएँ । स्व। पिताको नाउँमा दर्ताको सम्पूर्ण सम्पत्तिको एक मात्र हकदार फिरादी रहेको र पिताको मृत्युपछि मालपोत कार्यालय अमरौट गा।वि।स।अन्तर्गतको सम्पत्ति मेरो नाउँमा नामसारी गरिपाउँ भनी मालपोत कार्यलय नवलपरासीमा निवेदन गरेकोमा मेरो छुट्टी भिन्न भइसकेकी भाउजू विनु जोशीले दाबी गरेपछ