निर्णय नं. ४३५६ - उत्प्रेषण लगायत परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३५६ - उत्प्रेषण लगायत परमादेश भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/२८ २१९३ निर्णय नं. ४३५६ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं. ८१७ आदेश भएको मिति: २०४८।९।२८।१ मा निवेदक : जिल्ला काठमाडौं जोरपाटी गा.वि.स. वार्ड नं. ८ बस्ने भीमबहादुर थापामगर विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत परमादेश (१) कानुनतः हक नै समाप्त भइसकेको व्यक्तिको नामको मोही लगत कट्टा गर्दा निजलाई पुनः प्रतिवाद गर्ने मौका प्रदान गर्नु पर्दछ भन्न मान्न कानुनसंगत नहुने । (प्रकरण नं. ११) (साविक पेज नं. ४८९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ र सर्वोच्च अदालत नियमावली, २०२१ अनुसार दर्ता भई आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. गृष्मबहादुर देवकोटाको नाम दर्ताको का.जि. जोरपाटी गा.वि.स. वार्ड नं. ८ (क) कि.नं. ७५ रो.४–०–० कि.नं. ७७ को ३–१–० जग्गा म निवेदकले मोहीको हैसियतले भोग चलन गरी आएको छु । २०४६ सालको बाली लगाउन भनी साविक बमोजिम खनजोत गर्न जाँदा तिम्रो मोही हकको लगत कट्टा भइसकेको छ भनी विपक्षी गृष्मबहादुरले भनेकाले भूमिसुधार कार्यालयमा आई यस सम्बन्धमा बुझ्दा मिति २०२३।१२।२२ मा मोहीबाट मोहियानी हक राजीनामा भई आएको दर्ता बदर हक कायम मुद्दालाई समेत आधार बनाई मोही लगत कट्टा गरी पाउन विपक्षीबाट निवेदन परेको रहेछ । जग्गाको भोगको सम्बन्धमा सम्बन्धित क्षेत्रमा गई बुझ्दा दावीको जग्गामा गृष्मबहादुरको घर कम्पाउण्ड रहेको भूमिसुधार विशेष अदालतको २०२३।५।२८ को फैसला २०२३ सालमा पंचायतमा भएको मोहियानी छोडपत्र समेतको आधारमा मोही लगत कट्टा गर्न मनासिब भएको भनी उठाइएको टिप्पणीलाई २०४३।९।६ मा सदर गरिएको रहेछ । ३. निवेदनमा उल्लेखित जग्गाको मोही निवेदक भएकोमा विवाद नरहेको, मोहीको लगत कट्टा गर्ने सम्बन्धमा निवेदकलाई झिकाई प्रतिवाद गर्न समेत नदिइएको हुँदा भूमिसुधार कार्यालय काठमाडौंको मिति ०४३।९।६ को टिप्पणीं आदेश प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन गएकोले बदरभागी छ । ४. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ मा उल्लेखित कानुनी व्यवस्था बाहेक अन्य स्थितिमा मोहियानी हकको समाप्ति हुन सक्दैन । निवेदकको अनुपस्थितिमा प्रतिवाद गर्ने मौका समेत नदिई उल्लेखित कानुनी अवस्था विद्यमान नरहेको अवस्थामा निवेदकको मोहियानी हकको लगत कट्टा गर्ने गरी भएको भूमिसुधार कार्यालय काठमाडौंको निर्णयबाट मेरो मौलिक हकमा आघात पर्न गएकोले उक्त कार्यालयको मिति २०४६।९।६ को टिप्पणीं आदेश (निर्णय) उत्प्रेषणको आदेशद्वारा बदर गरी मोहियानी हकको संरक्षण गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर । ५. यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश । ६. निवेदकले उक्त कि.नं. ७५ र ७७ को जग्गाको मोही हक म जग्गा धनीलाई नै छोडी मिति २०२३।१२।२२ मा भूमिसम्बन्धी ऐन, २०२१ को तत्काल बहाल रहेको दफा २६(१) बमोजिम स्थानीय जोरपाटी गा.पं.मा सूच