निर्णय नं. ११३७७ - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३७७ - बैंकिङ कसुर भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०८१/०३/२३ १८२६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।३।२३ मुद्दाः– बैंकिङ कसुर ०७९–RF–०११६ पुनरावेदक / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : केशरबहादुर के.सी. को छोरा, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. ११ बुडोल बस्ने प्रोग्रेसिभ फाइनान्स लिमिटेडका तत्कालीन सञ्चालक शम्भुबहादुर के.सी.समेत ०७९–RF–०११४ पुनरावेदक / प्रतिवादी : जयभद्र शर्माको नाति, नन्दप्रसाद शर्माको छोरा, नवलपरासी जिल्ला, सुनवल गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १० बानेश्वर बस्ने भरतप्रसाद शर्मा विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ०७९–RF–०११० पुनरावेदक / प्रतिवादी : केशरबहादुर के.सी. को छोरा, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. ११ बुडोल बस्ने प्रोग्रेसिभ फाइनान्स लिमिटेडका तत्कालीन सञ्चालक शम्भुबहादुर के.सी. विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ०७९–RF–०११२ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १० बस्ने मनोज खनाल विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ०७९–RF–०११५ पुनरावेदक / प्रतिवादी : रामविलास जोशीको छोरा, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको तत्कालीन प्रमुख सञ्चालक अधिकृत / कम्पनी सचिव काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ छाउनी स्थायी बसोबास गर्ने शिवराम जोशी विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ०७९–RF–०११३ पुनरावेदक / प्रतिवादी : घनश्यामप्रसादको छोरा, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका प्रबन्धक, सिराहा जिल्ला, हनुमाननगर गा.वि.स., वडा नं. ४ बस्ने अमूल्यप्रसाद उपाध्याय विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ०७९–RF–०११७ पुनरावेदक / प्रतिवादी : बलबहादुर के.सी. को छोरी सुन्दर कार्कीको श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ दमैटोल घर भई तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका सञ्चालक सुष्मा के.सी. विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार ०७९–RF–०१११ पुनरावेदक / प्रतिवादी : श्यामसुन्दरप्रसाद रौनियारको छोरा, सप्तरी जिल्ला, कन्चनपुर गा.वि.स. वडा नं. ८ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं. २६ ढोलाहिटी डेरा गरी बस्ने तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका सञ्चालक विनयकुमार गुप्ता विरूद्ध प्रत्यर्थी / वादी : नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले नेपाल सरकार प्रतिवादीले गरेको कसुरमा देवानी र फौजदारी दुवै दायित्व संयुक्तरूपमा सिर्जना भएको अवस्थामा एकातिर पीडितको देवानी अधिकार सुनिश्चित गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ समाजमा दण्डहीनता रोक्न प्रतिवादीलाई आपराधिक दायित्व पनि वहन गराउनुपर्ने । देवानी र फौजदारी दुवै दायित्व एकीकृत रूपमा समाविष्ट भएको कसुरमा देवानी र फौजदारी न्यायिक प्रक्रिया एकैसाथ अघि बढाइनु स्वाभाविक तथा सामान्य न्य