निर्णय नं. ११३७९ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३७९ - बहुविवाह भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०८०/१०/०७ १३८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।१०।७ ०७४-CR-१६२६ मुद्दा : बहुविवाह पुनरावेदक / प्रतिवादी : मोलई तेलीको छोरा नवलपरासी जिल्ला, वडहरा दुवौलिया गा.वि.स. वडा नं. २ हाल परिवर्तित सरावल गाउँपालिका वडा नं. ६ घर भई कारागार कार्यालय नवलपरासीमा थुनामा रहेको विद्यासागर गुप्ता विरूद्ध प्रत्यर्थी / वादी : मिरा गुप्ताको जाहेरीले नेपाल सरकार फौजदारी कसुरअन्तर्गत पर्ने बहुविवाह स्थापित हुनका निम्ति विवाहित पुरूषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेको भन्ने तथ्य भरपर्दो, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणहरूबाट प्रमाणित हुनुपर्ने । (प्रकरण नं.४) विवाह गर्ने सल्लाह हुनु र विवाह हुनु नितान्त फरक कुरा हुने । त्यसो त विवाह गर्ने विषयमा सल्लाह हुनु नै विवाह भएको अर्थ गर्न नमिल्ने । विवाहसम्बन्धी विषयमा सल्लाह गरेकै हो भने पनि सिर्फ सल्लाह मात्र हुने । त्यस्तो कार्य बिहाबारीको ९ नं. ले वर्जित गरेको कसुर हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रामबन्धु शर्मा र श्री दिनेश त्रिपाठी, विद्वान् अधिवक्ताद्वय श्री केशरमणी अर्याल र श्री नितिका मरासिनी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विमला रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भरतमणि खनाल नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री ईश्वरराज आचार्य माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवम् तपसिल यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०७२।०३।१२ गते बेलुका अ.५:०० बजेको समयमा मेरो पति (श्रीमान्) विद्या सागर गुप्ताले भारत महाराजगंज निचरौल बस्ने रामप्रसाद गुप्ताको छोरी वर्ष २० की ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरी घर भित्र्याएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त । जाहेरवाली मेरी छोरी र प्रतिवादी मेरो ज्वाइँ हुन् । दुवै श्रीमान् श्रीमती हुन् । निजहरूको संसर्गबाट १ छोरा र १ छोरीको जन्म भएको छ । प्रतिवादी ज्वाइँ विद्या सागर गुप्ताले मिति २०७२।०३।१२ गते अ.५:०० बजेको समयमा घरमा श्रीमती मिरा गुप्ता हुँदाहुँदै अर्की श्रीमतीको रूपमा भारत निवासी ज्ञान्ती गुप्तालाई घर भित्र्याएको मैले देखेको हुँ । निजहरूबिच सधैँ झै-झगडा हुँदै आएको थियो । निज ज्वाइँले मेरी छोरीलाई घरबाट निकाल्नको लागि ज्ञान्ती गुप्तासँग दोस्रो विवाह गरेको र निजको २ छोरा छोरीसमेत रहेको भनी थाहा हुँदाहुँदै पनि विद्या सागरसँग दोस्रो विवाह गरेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको तारकेशर तेली, रामाश्रे तेली र चन्द्र दासले गरिदिएको एकै मिलानको घटनास्थल मुचुल्का । श्रीमती मिरा गुप्ता बुबा आमा र मसँगसमेत आफ्नो हक अधिकार लिन विवाद गर्ने गरेको हुँदा आजभन्