निर्णय नं. ११३८३ - पूर्वादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३८३ - पूर्वादेश भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०८०/१०/२१ ५७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।१०।२१ ०७४-RB-०४८४ मुद्दा : पूर्वादेश पुनरावेदक / वादी : आन्तरिक राजस्व विभाग, लाजिम्पाट विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.३ झम्सीखेलस्थित हिमाल पावर लि.का अख्तियारप्राप्त महाप्रबन्धक डा. सन्दिप शाह विद्युत् बिक्रीबाट हुने आयमा कति प्रतिशत कर लाग्ने भन्ने द्विविधा परेको अवस्थामा करदाताले विभागमा निवेदन दिएपछि आयकर ऐन, २०५८ को दफा ७६(२) मा उल्लिखित अवस्थामा बाहेक दुई पक्षबिच भएको करार, प्रचलित कानूनबमोजिमको आधार र कारणसहति पूर्वादेश जारी गर्नुपर्नेमा जारी गर्न परेन भनी गरेको विभागको निर्णय आयकर ऐन, २०५८ को दफा ७६ अनुकूल नदेखिने । कुनै आ.व. को आय विवरण बुझाएको कारणले मात्र भविष्यमा पनि सोहीबमोजिमको करको दररेटमा बुझाउनु पर्छ भनी आय विवरण बुझाउने पक्ष विबन्धित भएको अर्थ गरी मागबमोजिम पूर्वादेश जारी गर्ने कर्तव्यबाट विभाग विमुख हुन नमिल्ने । आएकर ऐनको दफा ७५ बमोजिम जारी गरिएको सार्वजनिक परिपत्रबाट कुनै करदाता विशेषको द्विविधा सम्बोधन नभएको अवस्थामा त्यस्ता करदाताले दफा ७६ बमोजिम निवेदन दिई पूर्वादेश माग गर्ने र विभागबाट पूर्वादेश जारी गर्ने व्यवस्था विभागको स्वेइच्छाको विषय नभई दफा ७५ को परिपूरकको रूपमा बाध्यात्मक प्रकृतिको देखिने । (प्रकरण नं.१३) आयकर ऐन, २०५८ को दफा ११५ बमोजिम विभागको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्ने र राजस्व न्यायाधिकरणले आफ्नो पुनरावेदकीय अधिकार प्रयोग गरी विभागबाट भएको कुनै पनि निर्णयको न्यायिक परीक्षण गर्न सक्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा पूर्वादेश जारी गर्ने अधिकार विभागलाई मात्र भएको, न्यायाधिकरणले पूर्वादेश जारी गरेको कानूनसम्मत नभएको मान्न नमिल्ने । (प्रकरण नं.१४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महेशकुमार थापा र श्री तुलसी भट्ट तथा विद्वान् अधिवक्ताद्वय श्री समिर शर्मा र श्री आकृती खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ आर्थिक ऐन, २०६६ विद्युत् ऐन, २०४९ सुरू निर्णय गर्ने कार्यालयः आन्तरिक राजस्व विभाग काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री डिल्लीराज आचार्य लेखा सदस्य श्री जीवनकुमार घिमिरे राजस्व सदस्य श्री डम्बरबहादुर कार्की राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या.सुनिलकुमार पोखरेल : राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को देहाय (क) र (ख) बमोजिम पुनरावेदन गर्न अनुमति पाउँ भनी दायर हुन आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड हिमाल पावर लिमिटेड (यसपछि HPL भनिएको) ले मिति २०७३।५।६ मा आन्तरिक राजस्व विभाग (यसपछि विभाग भनिएको) समक्ष (दर्ता नं. २५८४ मा दर्ता भएको), “We would, therefore, request you to Kindly issue an advance ruling on the matter of dilemma whether the income of HPL would be taxed at the rate of ten percent (10%) or any other rate as may be varied due to different rates of income